वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
गुँला महिना अन्धकारबाट ज्ञान प्रदान गर्ने अवधि हो — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले मानव कल्याणका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आजबाट सुरु भएको गुँला पर्वको अवसरमा उहाँले शुभकामना दिँदै उहाँले भन्नुभएको छ, ‘ यो महिना अन्धकारबाट ज्ञान प्रदान गर्ने अवधि हो । बौद्धधर्म दर्शनको प्राचीन प्रचलनमा चन्द्रमासको दशौँ महिना अर्थात गुँला अवधिभर मानव कल्याणका लागि विभिन्न सांस्कृतिक गतिविधि हुने गर्दछन । गुँला पर्वलाई अन्धकारबाट ज्ञान प्रदान गर्ने धर्मको महिनाका रुपमा पनि लिने गरिन्छ । यो धार्मिक सहिष्णु र सदभाव वृद्धि गर्ने अवसर हो ।’
नेपाल मण्डल मूर्त र अमूर्त सांस्कृतिक गतिविधिले जीवन्त बनेको बताउँदै उपप्रमुख डंगोलले, मौलिकतासँग जोडिएका पहिचानको संरक्षण, सम्बर्धन र प्रवर्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । जातीय विविधताभित्रको सांस्कृतिक एकता महानगरको सुन्दरता हो । यसलाई बचाउनुपर्छ, उहाँको भनाइ छ ।
गुँला अवधि एक महिनाभर आ—आफ्ना क्षेत्रमा रहेका प्रत्येक चिभा, चैत्यहरुका साथै बौद्ध महाविहार (बहाः, बही) हरुमा प्रत्येक दिन विहान बौद्धस्तोत्र पाठ, पूजा र धर्म देशना र धार्मिक अभ्यास गर्ने गरिन्छ ।
यस महिनामा प्राकृतिक विपद् तथा रोग व्याधी फैलिन सक्ने भएकोले त्यसबाट मुक्ति पाउने उपायका लागि कौशल्यताको सामुहिक पाठ गरिन्छ । गुँला बाजा बजाएर सामुहिक रुपमा टोलबाट चिभा, चैत्य, स्तूप तथा बौद्ध धार्मिक स्थलको परिक्रमा गर्दै स्वयम्भू महाचैत्य पुगेर फर्किने गरिन्छ । काठमाडौँ महानगरभित्र २३ वटा गुँला बाजा खलः छन् । यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।
यो महिनामा बुद्धपूजा, बौद्धस्तोत्र पाठ, धर्म अभ्यास, धर्म देशना, गुँला बाजा, नागपूजा, न्येकूपुयेगु, प्रज्ञापारमिता पाठ, बहिद्यः स्वःवनेगु, गुँपुन्ही, पारुभ्वय आदि विभिन्न गतिविधिहरु हुन्छन ।
महानगरभित्रका गुँला बाजा खलहरु
१) कसाः तःधं गुथि, जनबहाल
२) चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद
३) असं बाज गुथि, असन
४) स्वयम्भू गंला बाजँ खलः स्वयम्भू
५) केशचन्द्र गुंला बाजं खलः, इतुंमबहाल
६) तेबहाः गुंला बाजं खलः, तेबहाल
७) ओम बहाः गुंला बाजं खलः, ओमबहाल
८) थँहिति मानन्धर गुथि, थँहिति
९) न्यागमणि फेदी धाः बाजं खलः, बालाजु
१०) रत्नमण्डल महाबिहार सवं संघ, नघः
११) पाक्व पख्द्यां मानन्धर सना खलः, पाको
१२) लाय्कुसाः मानन्धर समाज, लाय्कुसा
१३) कीर्ति पुण्य महाबिहार, क्वहिति
१४) ङत गुंला बाजं खलः, नरदेवी
१५) मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः
१६) कीर्तिपुण्य महाबिहार, लगन
१७) ताम्राकार गुंला बाजं खल, मरु
१८) धर्मचक्र महाबिहार बाजं खलः, वँतु
१९) त्यंघः कुमाः बाजं खलः, त्यघंः
२०) भिंद्य गुथि, कालिमाटी
२१) दैसाः त्वाः मानन्धर समाज, दैसा
२२) चारुमती गुंला बाजं खल, चावहिल
२३) जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App