वि.सं.: २०८३, असर २७ शनिबार
इ.स.: 2026 July 11,SATURDAY
वि.सं.: २०८३, असर २७ शनिबार
'हामी सबैको योगदानप्रति आभारी छौँ ' - वडाध्यक्ष, ढकाल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं. २९ ले एकल महिलाहरुलाई सम्मान गरेको छ । विहीबार एक औपचारिक कार्यक्रम आयोजना गरेर उहाँहरुलाई सल ओढाएर सम्मान गरिएको हो भने साडी उपहार दिइएको छ ।
कार्यक्रममा वडाध्यक्ष कुश ढकालले भन्नुभयो, ‘समाज निर्माणमा सबैको योगदानप्रति हामी आदर गर्न चाहन्छौँ ।’ उहाँले सामाजिक कुरीतिका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘परम्परागत गलत धारणालाई रुपान्तरण गर्नुपर्छ । हामी एकल महिलाहरुले समाजको विकासमा गर्नुभएको योगदानको निरन्तरता उहाँहरुको आत्मसम्मानका लागि निरन्तर काम गर्नेछौँ ।’
वडा सदस्य एवं कार्यक्रमका संयोजक रेनु श्रेष्ठले भन्नुभयो, ‘हाम्रो तथ्याङ्कमा वडाभित्र करिब २ सय जना एकल महिला हुनुहुन्छ । उहाँहरुमध्ये करिब १४५ जना सम्मान कार्यक्रममा सहभागी हुनुभयो । कति जना त इच्छा भएर पनि अझै आउन सक्नुभएन । उहाँहरुलाई सामाजिक रुपमा एकल महिलाका रुपमा खुल्न अझै पनि संकोच र डर छ ।’
श्रेष्ठका अनुसार ६० वर्ष पूरा भएका अविवाहिता र जुनसुकै उमेरका भए पनि श्रीमान्को मृत्यु दर्ता गरेका एकल महिलाहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा सहभागीहरुले वडाले गरेको सम्मानबाट आफूले आफ्ना लागि पनि कोही रहेछन् भन्ने महसुस भएको प्रतिक्रिया दिनुभयो । हामीले के पायौँ त्यो ठुलो कुरा होइन । वडाले सम्झना गरेर बोलायो । यो चाहिँ आफ्ना लागि ठुलो कुरा हो । उहाँहरुको प्रतिक्रिया छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App