वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
सिप मेलामा कुटनीतिक क्षेत्रका पदाधिकारीहरुको अवलोकन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिप मेलामा प्रशिक्षक र प्रशिक्षार्थीहरुमा महिलाको संख्या उल्लेख्य हुनु सवल पक्ष लाग्यो । आज मेलाको अवलोकन गर्दै नेपालका लागि स्वीस राजदूत डा. डानियल मिउलीले प्रतिक्रिया दिँदै भन्नुभयो, ‘रोजगार र श्रम बजारका लागि यस प्रकारका व्यावसायिक तालिमको ठुलो महत्व छ । यसले युवाहरुमा अवसर प्रदान गर्छ । अवसर प्राप्त गरेकालाई क्षमता बढाएर आय पनि बढाउन मद्दत गर्छ ।’ राजदूत मेउलीले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करण सञ्चालन गरेको कार्यक्रमले दीर्घकालीन नतिजाका लागि योगदान गर्नेछ ।’
राजदूतलाई सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले मेलाको अवलोकन गराउँदै गएको वर्ष प्राप्त गरेको उपलव्धी र सिकाइ उधृत गर्दै यस वर्ष अटिजम, डाउन सिन्ड्रोम जस्ता अपाङ्गता भएका बालबालिकाहरुका लागि सहजकर्ता र अभिभावकका लागि विशेष क्षमता सहयोगी तालिम थपिएको जानकारी दिनुभयो । यस्तै प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले यस वर्ष निजी क्षेत्रसँगको सहकार्यबाट दिगो नतिजा प्राप्त हुने अपेक्षा राखेको बताउनुभयो ।
अवलोकनका क्रममा राजदूत मेउलीले, इलेक्ट्रिसियन तालिमका प्रशिक्षक सम्झना तामाङ्सँग कुरा गर्दै, यस पेशामा महिलाहरुको संख्या बढाउन के गर्नुपर्ला? भन्ने प्रश्न सोध्नुभएको थियो । प्रश्नको जवाफमा प्रशिक्षक तामाङ्ले, जो पेशामा हुनुहुन्छ, उहाँहरुले नै अरुलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । के तपाईँ यो पेशामा खुशी हुनुहुन्छ, भन्ने प्रश्नको उत्तरमा प्रशिक्षक तामाङ्ले म धेरै नै खुशी छु भन्ने प्रतिक्रिया दिनुभएको थियो ।
गार्मेन्टस्मा प्रशिक्षण लिइरहनुभएकी सावित्री गुरुङ् तामाङ्सँग तपाईँले यो तालिम किन लिनुभएको भन्ने प्रश्न गर्नुभएको थियो । जवाफमा तामाङ्ले भन्नुभयो, ‘घरमा यत्तिकै बसेकी थिएँ । मोवाइल हेर्दा हेर्दैै तालिम चल्ने थाहा पाएपछि आवेदन दिएँ । छनोट भएपछि आएँ भन्नुभयो ।’ यसअघि केही तालिम लिनुभएको थियो? प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘अहिले म जुन मेसिनमा काम सिकिरहेकी छु । यस्तो मेसिन त राम्ररी देखेको पनि थिइन । अहिले धागो मिलाउन, छिटो ढिलो चलाउन सिकिसकेकी छु ।’
अब के गर्ने चाहना छ? प्रश्नमा तामाङ्ले जवाफ दिनुभयो, घरमा बसीबसी गर्ने काम हो । घरको काम पनि भ्याइन्छ । लुगा सिलाएर पैसा पनि कमाइन्छ । अब लुगा सिएरै पैसा कमाउन सक्छु भन्ने लागेको छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App