वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
न्युन आय वर्गलक्षित अत्याधुनिक सार्वजनिक शौचालय
                        काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्धन गर्ने बताउनुभएको छ । आज वडा २० परोपकारमा स्तरोन्नतिपछि सञ्चालनमा ल्याइएको शौचालयको अवलोकनपछि प्रमुख शाहले यस्तो प्रतिक्रिया दिनुभएको हो । यस ठाउँमा २५ बर्षदेखि सार्वजनिक शौचालय रहेको थियो । प्रकाश, बत्ती, पानीजस्ता आधारभूत आवश्यकता पूरा नभएको र संरचना पनि जीर्ण भएकोले वडा २० ले स्तरोन्नतिका लागि एरोसान सस्टेनेवल स्यानिटेसनसँग सहकार्य गरेको थियो ।
पुननिर्माणपछि शौचालय अपाङ्गमैत्री, वातावरणमैत्री, लैङ्गिकमैत्री भएको छ । सुविधा थपिएका छन् । विष्णुमती नदी किनारामा भएको र यस क्षेत्रमा न्युन आय भएका व्यक्तिहरुको बढी आवतजावत हुने भएकोले त्यसै वर्गको सहजताका लागि शौचालयको स्तरोन्नति गरिएको हो । 
शौचालयको अवलोकनका क्रममा प्रमुख शाहले, पानी तथा दिशा पिसाब प्रशोधन प्रणाली, आकाशे पानी संकलन विधिलगायतका पक्षमा विशेष चासो राख्नुभएको थियो । त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले, महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै यस्ता सफल अभ्यासलाई सिकाई केन्द्रका रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो । सार्वजनिक शौचालय निर्माण तथा आकाशे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न सकिन्छ । यसका लागि हामीले बजेटको व्यवस्था पनि गरेका छौँ । प्रमुख शाहको भनाइ थियो । 
वडावासीलाई सुविधा थप्दै जानु हाम्रो जिम्मेवारी हो । यस ठाउँमा भएको सार्वजनिक शौचालय प्रयोग गर्न कठिन भएपछि हामीले साझेदारी कार्यक्रममा स्तरोन्नति गरेका हौँ । कार्यक्रममा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, सहज रुपमा प्रयोग गर्न सकिने शौचालयको प्रवर्धनमा निरन्तर काम गरिने बताउनुभयो ।  
एरोसानले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगर क्षेत्रमा ४ वटा र ललितपुर महानगरपालिका क्षेत्रमा २ वटा गरी ६ वटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । यस अवधिमा ५ लाख ९१ हजार २६९ जना पुरुष र १ लाख ८० हजार ५३६ जना महिलाले यी शौचालयको प्रयोग गरेका छन् । प्रयोगकर्ताले उत्सर्जन गरेको दिशा पिसाब प्रशोधनका लागि शौचालयसँगै ग्याँस उत्पादन प्रविधि जडान गरिएको छ । यस प्रविधिबाट अहिलेसम्ममा ७० हजार ६९९ लिटर पिसाव र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन भएको छ । यसबाट ७०५.२ लि. वायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन भएको छ । यस्तै फोहोर पानी प्रशोधन प्रणालीबाट ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन भएको छ । आकाशेपानी संकलन प्रविधिको प्रयोगवाट २७ लाख ४० हजार १६० लिटर पानीको संकलन गरिएको छ । यसरी संकलन गरिएको पानी शौचालयमा प्रयोग हुने गरेको छ ।
एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यकाअनुसार ‘एरोसानले निर्माण तथा सञ्चालन गरेका शौचालयमा दैनिक १ हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ । १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै छ । यस प्लान्टमा शौचालयबाट आएको दिशाबाट ग्याँस उत्पादन हुन्छ । अमात्यकाअनुसार शौचालयबाट निस्किएको कुनै पनि प्रकारको फोहोरले माटो, पानी र बतासलाई छुन पाउँदैन । यसकारण यी शौचालयहरु वातावरणमैत्री हुन् । यहाँ कुनै पनि प्रकारको दुर्गन्ध हुँदैन ।  
विशेषता र सञ्चालनपछि वातावरणीय सुधारमा पुगेको फाइदाका कारण शौचालयको प्रविधि पुरस्कृत भएको छ । परम्परागत सफाईकर्मीको क्षमता विकास गरेर उनीहरुबाट सञ्चालन हुँदै आएका समुदायमा आधारित शौचालयले वातावरणका क्षेत्रका पुरस्कार प्राप्त गरेका हुन् । २०७८ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्धन पुरस्कार प्राप्त भएको थियो । विश्व स्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट ५ स्थानमा पुगेका यो प्रविधि महानगर क्षेत्रमा क्रमशः विस्तार हुँदै गएको छ ।
शौचालय सञ्चालन शुभारम्भ अवसरमा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर, वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईलगायत सहभागी हुनुहुन्थ्यो ।
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App