वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
महानगरपालिकामा सूचीकृत ३९१ भवन डिजाइनरमध्ये ४२ जनालाई पहिलो चरणको तालिम
काठमाडौँ । ‘भवन निर्माणको ढाँचा सबैतिरको बुझ्नु । अध्ययन गर्नु । तर, भवनको नक्सा बनाउँदा स्थानीय वातावरणीय अनुकुलता र निर्माण सामग्री प्रयोग हुने खालको बनाउनु ।’ महानगरपालिकामा सूचीकृत ‘इञ्जिनियर’ र ‘आर्किटेक्ट’ सहित लघु, साना र मध्यम उद्यमीलाई अधिकारीहरुले आग्रह गर्दै भन्नुभयो, ‘वातावरण अनुकुलन बनाउन उर्जाबाट चलाउनु पर्ने साधन जोड्न प्रोत्साहन नगर्नु । प्राकृतिक उर्जाको
प्रयोगलाई पहिलो प्राथमिकता दिनू ।’ काठमाडौँ महानगरपालिकाले बिल्डिङ् इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा सञ्चालन गरेको ३ दिने तालिमको समापन अवसरमा उहाँहरुबाट यस्तो आग्रह भएको हो । ४२ जना सहभागी तालिममा हावापानी अनुकुलन शैली र सामग्री, तापीय सुविधा सहितको भवन डिजाइन, तापको संवाहन, झ्याल ढोका, तथा भेन्टिलेसनमा प्रयोग गरिने सिसाको ताप र प्रकाशसँग सम्बन्ध जस्ता पक्षको ज्ञान, बिज्ञान र उपयोग विषय समावेश गरिएको थियो । यस्तै उर्जा प्रभावकारी भवन निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्री, यस्ता भवन निर्माण सम्बन्धी मापदण्ड, भवन बनाउँदा वैङ्कहरुबाट प्राप्त हुने सहुलियत ऋणलगायत विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । सिद्धान्तमा उल्लेख भएका यी विषयको व्यवहारिक प्रयोगलाई अभ्यास गरिएको थियो ।
तालिममा समापन अवसरमा महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले आफ्नो बाल्य काल स्मरण गर्दै बिहान सडकमा हिँड्दा त्यसबेला देखिने बाक्लो शीत अहिले देखिन छोडेको दृष्टान्तलाई जलवायु (मौसम) परिवर्तनको महसुस भइरहेको उदाहरण दिनुभयो । ‘यसकारण पहिले जे विषयलाई ध्यानमा राखेर भवन बनाइन्थ्यो । अहिले त्यही अवस्थालाई पछ्याउनुभन्दा आज जस्तो मौसम छ, त्यसैको अनुकुलन हुने गरी भवन डिजाइन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘यो प्राविधिक कुरा हो । तर, शैली र सामग्री भने आफ्नै हुनुपर्छ ।’
‘भूगोल, अवस्थिति र परिस्थिति अनुसार विश्वका विभिन्न ठाउँमा आफ्नै शैलीका भवन बनेको हुन्छन् । हेर्दा आकर्षक लाग्यो भन्दैमा सबै ठाउँमा त्यस्तै संरचना बनाउन सकिँदैन । त्यो आर्थिक सामाजिक अवस्था अनुकुल हुँदैन ।’ बिनका परियोजना प्रबन्धक डा. डेनियल नेयरले भन्नुभयो, ‘ज्ञान सबैतिरको लिनु । प्राविधिक पक्ष सबैतिरको बुझ्नु । तर, डिजाइन आफ्नै अनुकुलको गर्नु । यसले मात्र भवन आरामदायी हुन्छ ।’
समापन अवसरमा बोल्दै सहरी व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर जीवन रेग्मी, सहायक निर्देशक ईश्वरी लौडारी, बिनका टिम लिडर सुयेश प्रजापतीले, मानव बसोबास अनुकुल सहरी वातावरण सिर्जना गर्न इञ्जिनियरहरुबाट महत्वपूर्ण योगदान हुन सक्ने बताउँदै, तालिममा सिकेको सिप व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । प्राकृतिक वस्तु तथा पदार्थसँगको सामीप्यताले प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन योगदान पुग्ने उहाँहरुको भनाइ थियो ।
‘सिद्धान्तमा सिकेको कुरा, यस्तो हुन्छ थाहा थियो । गर्नु पर्छ पनि जानेकै थियो । तर, व्यवहारिक प्रयोग गर्न पाइएको थिएन । सकिएको थिएन । तालिमले सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्न सिकायो ।’ तालिमका सहभागीहरु शुशिलचन्द्र रेग्मी र आष्मा श्रेष्ठले उपलब्धि सुनाउनुभयो ।
मानिसको सरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यसका लागि आरामदायी तापक्रम भनेको २० देखि २६ डिग्री सेन्टिग्रेडसम्मको हो । कार्यस्थलबाट राम्रो उत्पादकत्व प्राप्त गर्न २१ देखि २६ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम चाहिन्छ । यो अवस्थालाई ध्यान दिन सकिएन र भवनमा तापीय असुविधा भयो भने मानिसहरु छिटो विरामी हुने, चिन्ता बढ्ने, काममा ध्यान नजाने, निद्रामा समस्या आउनेजस्ता स्वास्थ्य समस्या हुन सक्छन् । यसकारण मानिस बस्ने घरलाई प्राकृतिक उर्जाको प्रयोगबाट कसरी आरामदायी बनाउन सकिन्छ ज्ञान र सिपको प्रवर्धन गर्नु तालिमको मुख्य उद्देश्य हो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App