Logo
  • वि.सं.: २०८२, चैत ८ आइतबार​

  • इ.स.: 2026 March 22,SUNDAY

  • वि.सं.: २०८२, चैत ८ आइतबार​

  • सिप मेलाले व्यावसायिक वातावरण सिर्जनामा मद्दत गरेको छ - राजदूत, थम्पसन 

    सिप मेलाको अवलोकनमा नेपालका लागि अमेरिकाका राजदूत थम्पसनसहित अधिकारीहरु

    काठमाडौँ । ‘टुँडिखेलमा चलिरहेको सिप मेलामा युवाहरुको आकर्षण उत्साहजनक हुनु, व्यवसायिक वातावरणमा योगदान हुनु हो ।’ नेपालका लागि अमेरिकाका राजदूत डीन थम्पसनले भन्नुभयो, ‘यसरी दक्षता प्रदान गरिएका युवाहरुले वैदेशिक रोजगारीको सट्टा स्वदेशमै अवसर खोज्न सक्छन् । यसले व्यवसायिक वातावरणमा योगदान गर्ने हो ।’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको सिप मेलाको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

    उहाँले मेलामा सञ्चालित कक्षाहरुसँगै दूताबासको बुक बस, यु. एस एम्बेसी युथ काउन्सिल नेपालका सदस्यहरुले गरेको स्वयमसेवाको अवलोकन गर्नुभएको थियो । यस क्रमको प्रतिक्रियामा उहाँले, विभिन्न क्षेत्र र पेशासँग सम्बन्धित तालिमले आपसी सिकाइ बढ्ने, युवाहरुमा उद्यमशीलता र रोजगारी बढ्ने र यसबाट स्थानीय अर्थतन्त्रमा मद्दत पुग्ने बताउँदै विभिन्न कोणबाट मेला लाभदायी रहेको बताउनुभयो । 

    उहाँलाई मेला निर्देशक समितिका संयोजक एवं सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा, प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीसहित अधिकारीहरुले कक्षा, प्रशिक्षण र प्रशिक्षार्थी लगायत विषयमा जानकारी गराउनुभएको थियो । 

    अवलोकनका सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारी, क्रममा दूताबासका कल्चर अफेयस अफिसर एरिका अलेक्सजेन्डर, पब्लिक इङ्गेजमेन्ट स्पेसलिष्ट डा. ध्रुव शाहसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

     
     

  • प्रकाशित मिति शुक्रबार​ ३० जेठ २०८२ ०८:४२ PM