वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
बर्खा याममा पानी तताएर मात्र प्रयोग गर्न महानगरपालिकाको आग्रह
काठमाडौँ । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो ।
निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । नमूना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो । प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ ।
खाद्य प्राविधिक अनिल बस्नेत भन्नुहुन्छ, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो ।
यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो । बस्नेतले स्पष्ट पार्नुभयो ।
डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।
जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।
जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना
मंगलबार महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडक पेटी विगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको हो ।
मंगलबार साँझ करिब ८ बजे वडा नं. १५ सानो भर्याङ् क्षेत्रमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्खुनारायण काष्ठ उद्योगमा आगलागी भएको थियो । विद्युत सर्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय न्यूरोड, रामहिटी र बालाजुबाट दमकल परिचालन गरिएका थिए । रातको पौने दश बजे आगो पूर्ण रुपमा नियन्त्रण भएको थियो । यसै बेला परेको पानीले करिब ९ बजे पानीपोखरीमा पहिरो गएपछि प्रहरी बलले क्षति व्यवस्थापनका लागि टोली परिचालन गरेको थियो । पहिरोले घरको पर्खाल भत्काएको छ । घरमा मानिस नभएकाले मानवीय क्षति हुन पाएन । बुधबार उत्तर क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका १२ वटा मोटरसाइकल वर्कसपमा ताला लगाइएको छ । स्वयम्भू क्षेत्रमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । तार चुडिएर जोखिम बढेको थियो । प्रहरी बलले यो अवस्थालाई व्यवस्थापन गरेर सहज आवागमन बनाएको छ ।
जार र पानीसँग सम्बन्धित तस्विरहरु पानीको स्वच्छता अनुगमन गर्ने क्रममा काठमाडौँका विभिन्न स्थानबाट लिइएका हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App