वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
आजबाट देवी नाचको सार्वजनिक प्रदर्शन सुरु
काठमाडौँ । इन्द्रजात्राका अवसरमा डवलीहरुमा प्रदर्शन गरिने दी प्याखं (देवी नाच) आजबाट सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस क्रममा किलागल डवलीमा नाच प्रदर्शन भयो । कायाअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य गरिएको हो । किलागलमा यो नाच देखाउनुलाई यस बर्षका लागि देवी नाच सार्वजनिक प्रदर्शनको तयारी सकियो भन्ने सन्देश दिनु हो ।
श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरुलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ ।
यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि बसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डवलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डवलीमा नाच देखाइन्छ । कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ । यसैगरी येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डवलीमा नचाइन्छ । जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डवलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ । त्यसपछि एक बर्ष यो नाच देखाइँदैन ।
देवी पात्रहरुमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन् । नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरुमा दैत्यको वध गरेको देखाइन्छ । यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ । इन्द्रजात्राका अवसरमा नचाइने नाचहरुमध्ये यो एउटा हो । पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डवलीहरुमा मात्र नचाइन्छ ।
विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ । यसमा युद्ध, दैत्य, हित्वने पह, शान्ति, चजा, ग्वारा, शुन्यजस्ता विभिन्न नृत्य हुन्छन् । नाच मालश्री, धनाश्री, कन्हः चजा, सोरथ, भुपारीजस्ता रागमा आधारित हुन्छ ।
सातजना देवता, सातवटा बाजा र सात तालमा नाच्नु यस नाचको बिशेषता हो ।
नाचका समयमा खिं बाजा, धाः बाजा, नाय्खिं, छु स्याः, सिन्याल, ताः, भुस्या, पाँगालगायत बाजा बजाइन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App