वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
इ.स.: 2025 November 14, FRIDAY
वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औं अधिवेशन सम्पन्न भएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा असार २९ गतेदेखि सुरु भएको १७औं अधिवेशनको दोस्रो बैठकले आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेट संसोधन सहित पारित गरेको छ।
बुधबार बसेको नगरसभाको दोस्रो बैठकमा नगरसभा सदस्यहरूले नीति, कार्यक्रम र बजेटका विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो । नगरसभा सदस्यहरूले जनचाहनाअनुरूप बजेट ल्याउन सफल भएको र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो ।
नगरसभाको कार्यसूचीमा रहेका ९ वटा प्रस्ताव र विविध विषयका प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित भएका छन्। पारित प्रस्तावहरूमा आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, काठमाडौं महानगरपालिका विनियोजन विधेयक २०८२, काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक २०८२, लेखा समितिको आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन, विकास तथा सुशासन समितिको प्रतिवेदन, न्यायिक समितिको प्रतिवेदन, काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदा–मैत्री भवन संरक्षण तथा निर्माण मापदण्ड र सहुलियत कार्यविधि विधेयक २०८२ समावेश छन्। यी सबै प्रस्तावहरू नगरसभामा छलफलपछि सर्वसम्मत रूपमा पारित भएका हुन्।
नगरसभामा उपप्रमुख सुनिता डंगोललाई वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर २०२५’ मा छनोट भएकोमा नगरसभा सदस्यहरूले उठेर बधाई दिनु भएको थियो ।
प्रथम बैठकमा आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम कार्यान्वयन समीक्षा भिजुअल प्रणालीमार्फत प्रस्तुत गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा कार्यान्वयनका क्रममा रहेका नीति तथा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। शिक्षा, सम्पदा, स्वास्थ्य, सरसफाइ र सुशासनका क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माण गरिएको छ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App