वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
चालु आर्थिक बर्षको प्रगति कम्तीमा ८० प्रतिशत हुने गरी काम गर्नु पर्छ - प्रमुख प्रशासकीय अधिकृत, परियार
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले विभाग, आयोजना, एकाई सचिवालयका विचमा कार्य सम्पादन सम्झौता गर्नुभएको छ । काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८०/०८१ को प्रारम्भिक समीक्षा गर्दै चालु आर्थिक बर्षका लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो ।
गएको असार महिनामा सम्पन्न, नगर सभाको १५ औँ अधिवेशनबाट स्वीकृत वार्षिक नीति, नीति कार्यान्वयनका लागि तर्जुमा गरिएको बजेट तथा कार्यक्रमलाई प्रभावकारी, सहभागितामूलक, लागतप्रभावी रुपमा कार्यान्वयन गर्नु सम्झौताको मुख्य उद्देश्य हो । मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितको कार्ययोजना कार्यान्वयन गर्नु यसको अर्को मुख्य काम हो । सेवा प्रवाह चुस्त हुनु, प्रशासनिक सुधारका संकेत महसुस गर्न पाउनु, आन्तरिक समन्वय बलियो हुनु, कार्य सम्पादनका लागि स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुनु यसले सम्झौताले कल्पना गरेको अवस्था हो ।
सम्झौताबमोजिम अधिकारीहरुले लक्ष्यको कम्तीमा ८० प्रतिशत प्रगति हासिल गर्नुपर्नेछ । 
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि प्रमुख प्रशासकीय अधिकृत परियारले, वितेका ५ वर्षको तुलनामा गएको वर्ष पुँजीगत खर्च बढेको बताउँदै राजस्व र खर्च बढाउने तथा वेरुजु घटाउने कामलाई मुख्य मन्त्र मानेर काम गर्नु पर्ने धारणा राख्नुभयो ।
सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने कानुनी व्यवस्था छ । यसका आधारमा विभागीय प्रमुखहरुलाई प्रमुख प्रशासकीय अधिकृतबाट आज नै अधिकार प्रत्यायोजन भएको प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
कार्य सम्पादन सम्झौताले कार्ययोजनामा उल्लेख सूचकका आधारमा अनुगमन गरेर लक्षित कार्यक्रमको प्रगति तत्काल थाहा पाउन सकिन्छ । कार्यक्रम कार्यान्वयनमा समस्या देखिए समयमा नै सुधार गर्न सकिने सम्भावना रहन्छ । यस्तै अधिकार प्रत्यायोजनले विभागीय कार्यक्रम कार्यान्वयनमा लैजान आफ्नै तहबाट निर्णय टुङ्ग्याउन सकिन्छ, ढकालले धारणा राख्नुभयो ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App