Logo
  • वि.सं.: २०८३, असोज २५ आइतबार​

  • इ.स.: 2026 October 11,SUNDAY

  • वि.सं.: २०८३, असोज २५ आइतबार​

  • काठमाडौँ महानगरमा १५६ मतदान केन्द्र, ३६३ बुथबाट मतदान हुँदै

    काठमाडौँ महानगरमा १५६ मतदान केन्द्र, ३६३ बुथबाट मतदान हुँदै

    काठमाडौँ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् । वडा नं. ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । यसै गरी वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । यो धेरै मतदाता हुने तेस्रो वडामा पर्छ । 

    वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ जना मतदाता छन् । यसै गरी वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो । यसमा ३ हजार ९३९ जना मतदाता छन् । वडा नं. २३ मा ४ हजार ४७७ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ । वडा २० मा ४ हजार ६१४ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ ।     

    महानगरमा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा वुथ छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ वटा केन्द्र छन् । यसै गरी वडा १६ मा १० वटा केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडाहरुमध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । यी वडाहरु तेस्रोमा पर्छन् ।  

    सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् । 

    सबैभन्दा धेरै वुथ भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा वुथ छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा वुथ छन् । 


    हेरौँ विवरण 

    स्थानीय तह निर्वाचन २०७९
    मतदाता र मतदान केन्द्रको संख्या 

    काठमाडौँ महानगरपालिका

     

     
    क्र. सं.     वडा नं.     मतदान केन्द्र     वुथ संख्या     मतदाता संख्या
    ०१.  १   ३     ५     ३,७२९
    ०२.  २ ४ ८ ५,३८२
    ०३.   ३  ४  १२  १०,१५३
    ०४.  ४     ६ १७    १५,५५३
    ०५.   ५   ३ ७ ५,९९९
    ०६. ६ ७  १८  १४,९६६
    ०७. ७ ९ १८ १४,५३७
    ०८.   ८   ३ ७   ५,३५८             
    ०९.  ९ ९ १६  १२,१३२
    १०.  १० ४  १३ ११,५०३
    ११. ११ ४ ८ ५,९५१
    १२.  १२     ३ ६ ५,६९९
    १३.  १३     ६ १४ १२,१५९
    १४.  १४ ६ २१      १७,७१९
    १५.  १५ ६ १६ १३,०७१
    १६.  १६  १०    २३  २०,१७५
    १७.  १७ ४     ९ ८,१९९
    १८.  १८ ३ ६ ३,९३९
    १९. १९ २     ६ ५,०७४
    २०.  २० २ ५ ४,६१४
    २१.  २१ ४ ८  ६,६१५
    २२.      २२   ४ ९  ६,३०२
    २३.  २३ १ ५ ४,४७७
    २४.   २४  २  ६ ५,१४९
    २५.   २५ ४ ८ ६,६७२
    २६. २६ ७ १५ ११,७५४
    २७. २७ ४ ८ ५,४२१
    २८. २८ ४ ६ ४,५२०
    २९.   २९ ३ ९ ८,२६१
    ३०.   ३० ५ १० ८,१३९
    ३१.  ३१ ११ २२ १८,१०७
    ३२.  ३२ ९ २२ १८,९१३
    जम्मा    १५६   ३६३    ३,००,२४२

     

  • प्रकाशित मिति शुक्रबार​ २८ जेठ २०७९ ११:३९ AM