वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
नेपालका लागि अष्ट्रेलियाका राजदूत लियानबाट सिप मेलाको अवलोकन
काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले सिप मेलाका लागि काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ । आज मेलाको अवलोकन गर्दै उहाँले तेस्रो संस्करणमा विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) का क्षेत्रमा काम गर्न इच्छुक रहेको बताउनुभएको हो ।
महानगरपालिकाले गएको वर्षमा सञ्चालन गरिएका तालिममा यस वर्ष नयाँ क्षेत्रका रुपमा विशेष क्षमता सहयोगी तालिम थप गरेर सञ्चालन गरिरहेको छ । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चलिरहेका छन् । यस्तै हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो ।
मेलाको अवलोकन गराउँदै कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले प्रशिक्षार्थीहरुको अपेक्षाका बारेमा जानकारी गराउँदै भन्नुभयो, ‘रोजगारमा आवद्ध हुन चाहने, स्वरोजगारमा आवद्ध हुन चाहने, रोजगार तथा स्वरोजगारमा क्षमता बढाएर वृत्ति विकासमा सहयोग लिने र जीवनशैलीलाई सिपयुक्त बनाउने गरी ४ प्रकारका सोचबाट प्रशिक्षार्थी तालिममा सहभागी हुनुभएको हामीले पाएका छौँ ।’
मेलाको विशेषताका बारेमा कुरा गर्दै प्रमुखका सचिवालय सल्लाहकार सन्तोष गिरीले, प्रशिक्षण सञ्चालन, रोजगार र स्वरोजगारका लागि क्षेत्रगत सहकार्य नै मेलाको सवल पक्ष रहेको उल्लेख गर्नुभयो । मेलामा परम्परागत सिपदेखि प्रविधिसम्मको प्रशिक्षण चलिरहेका छन् । उहाँको भनाइ थियो ।
अवलोकनका क्रममा राजदूत जोन्स्टनले फेसन डिजाइनका प्रशिक्षार्थीहरुसँग तपाईँहरु आपसमा मिलेर व्यवसाय सुरु गर्ने सम्भावना कस्तो छ भनेर प्रश्न गर्नुभएको थियो । यसमा प्रशिक्षार्थीहरुले सम्भावना प्रवल रहेको प्रतिक्रिया दिनुभयो । यस्तै कृतिम कपाल बनाउने प्रशिक्षार्थीहरुलाई प्रोत्साहन दिँदै भन्नुभयो, ‘यो सिप विशिष्ट प्रकारको हो । एकातिर व्यवसाय चल्छ । अर्कोतिर, क्यान्सर जस्ता दीर्घ रोग लागेर कपाल गुमाउनु परेका व्यक्तिहरुलाई आत्मसम्मान पनि दिन्छ । यसकारण यो सिप पेशा मात्र होइन । सेवा पनि हो ।’
अवलोकनका क्रममा उहाँले साइवर सेक्युरिटी कक्षामा इथिकल ह्याकिङ्क कसरी हुन्छ? र, यसबाट कसरी बच्ने भन्ने प्रदर्शन रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App