वि.सं.: २०८३, साउन १२ मंगलबार
इ.स.: 2026 July 28,TUESDAY
वि.सं.: २०८३, साउन १२ मंगलबार
काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने
बैशाख २९
काठमाडौँ । काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँका अन्य पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मत गणना स्थलमा जाली लगाइएको छ । सीसीटीभि क्यामरा जडान गरिएको छ । यसै गरी मत गणनाका लागि कर्मचारीहरु खटाइको छ ।
काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्नेछ । त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ । खतिवडा भन्नुहुन्छ, ‘हामीले एकपटकमा ५ वटा वडाको गणना गर्ने तयारी गरेका छौँ ।’
राष्ट्रिय सभा गृहको मत गणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ । यसै गरी आमसञ्चारकर्मीको रिपोर्टिङ् सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको एचडी फरम्या (क्म्क्ष् र ज्म्ःक्ष्) बाट प्रत्यक्ष प्रत्यक्ष प्रसारण गर्न मिल्ने व्यवस्था मिलाएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App