वि.सं.: २०८३, साउन १० आइतबार
इ.स.: 2026 July 26,SUNDAY
वि.सं.: २०८३, साउन १० आइतबार
काठमाडौँमा पानीको सतह उकास्न, आन्तरिक समन्वय र योजनावद्ध काम गर्न कार्यवाहक प्रमुखबाट विभागीय प्रमुखहरुलाई निर्देशन
काठमाडौँ । काठमाडौँमा खानेपानीका लागि टाढाटाढाबाट ल्याइएको पानी वितरण प्रणालीमा मात्र भर पर्नु नहुने सुझाव दिँदै वातावरण तथा जलप्रणाली विज्ञहरुले ‘आकाशे पानी संकलन’ र ‘जमिनमा पानी पुनभरण प्रणाली’लाई सक्रिय बनाउनु पर्ने सुझाव दिनुभएको छ । काठमाडौँ महानगरपालिकाभित्र पानीको अभाव हुन नदिन तथा ब्लु ल्याण्डस्केपमा आधारित प्रणाली बचाउन महानगरपालिकाले कस्ता कार्यक्रम तर्जुमा गर्नुपर्छ? तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन विधिमा आन्तरिक तथा वाह्य समन्वय र सहभागिताको ढाँचा कस्तो हुन सक्छ? विषयमा परामर्शका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आयोजना गर्नुभएको बैठकमा विज्ञहरुबाट यस्तो सुझाव आएको हो ।
वैठकमा विज्ञसहित महानगरपालिकाको सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, सम्पदा तथा पर्यटन विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । यी विभागहरु सार्वजनिक पूर्वाधार निर्माण, भवन निर्माण, स्वच्छता तथा हरियाली प्रवर्धन, सूचना, शिक्षा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित छन् । यी क्षेत्र आकाशे पानी संकलन तथा जमिन पुनभरणसँग सम्बन्ध राख्छन् । सबै विभागलाई एकै ठाउँमा राखेपछि आन्तरिक समन्वय बलियो हुने भएकोले अधिकारीहरुलाई बैठकमा सहभागी गराइएको हो ।
वैठकमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘काठमाडौँमा घट्दै गइरहेको पानीको सतहलाई पहिले स्थिर बनाऔँ । त्यसपछि यसलाई बढाऔँ । यसका लागि कार्यालयको काम नभइ आफ्नै काम हो । आफ्नै काम हो भन्ने ठानेर एकीकृत र समन्वयात्मक रुपमा काम गरौँ । सरकार, नागरिक र नागरिक समाजका अनिवार्य दायित्व एकिन गरौँ । सबैका दायित्वबाट दिगो नतिजा प्राप्त हुने संयन्त्रमा काम गरौँ ।’
उहाँले भन्नुभयो, ‘यो इच्छा लागे गर्ने वा इच्छा नलागे नगरे पनि हुने हुँदै होइन । जैविक विविधता, वातावरणीय सन्तुलन, सहरमा मानव सभ्यता र जीवनलाई सहज बनाउन अनिवार्य रुपमा गर्नु पर्ने दायित्व हो ।’ उहाँले जल प्रणाली जोगाउन महानगरपालिकाले पुरा गर्नु पर्ने दायित्वमा सहरी योजना आयोग र सम्बन्धित विभागहरुले निकट समन्वय संयन्त्र बनाएर नतिजामुखी काम गर्न निर्देशन दिनुभयो ।
जल सम्पदाको संरक्षणका लागि यसअघि सहरी योजना आयोगबाट गरिएका अध्ययनका सुझावहरुको निष्कर्षको विश्लेषण र आवश्यकताका आधार थप अध्ययनका लागि काम गर्नेछौँ । बैठकमा आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले योजना सुनाउनुभयो ।
त्यस क्रममा हिति विज्ञ पद्मसुन्दर जोशीले भन्नुभयो, ‘काठमाडौँको जमिनमुनि कालो माटोको सतह छ । पानीलाई प्राकृतिक रुपमा सञ्चय गर्न यस्तो अवस्थिति अत्यन्त प्रभावकारी हुन्छ । यसप्रकारको भूवनावट संसारका थोरै मात्र सहरमा पाइन्छ । काठमाडौँमा जलभण्डारको संरक्षण गर्न यो भौगोलिक अवस्थितिको सम्भावनालाई पूर्ण उपयोग गरौँ ।’ उहाँले काठमाडौँमा पानी प्रणालीको कुरा गर्दै भन्नुभयो, ‘२७ किलोमिटर लामो सुरुङ मार्गबाट ल्याइएको पानी कुनै प्राविधिक कारणले आउन नसक्ने दिनमा काठमाडौँमा पानीको ठुलो अभाव हुन सक्छ । फेरि, विश्व अहिले जलवायु परिवर्तनको ठुलो संघर्षमा छ । यसको प्रभाव पानी वितरण प्रणालीमा पनि पर्न सक्छ । यस्ता अवस्थाले सिर्जना हुने अभावका समयमा जनजीवनलाई सहज बनाइ राख्न वैकल्पिक पानीको उपलब्धता योजना बनाउनु पर्छ । त्यो भनेको आकाशे पानी संकलन र जमिनमा पानी पुनभरण प्रणालीका सक्रियताका साथ काम गर्नु नै हो ।’ उहाँले पानी उपलब्ध हुनु र गुणस्तरीय पानी उपलब्ध हुनुका बिचमा गहिरो भिन्नता भएको बताउँदै कार्यक्रम तर्जुमा गर्दा गुणस्तरीयतालाई ध्यान दिन आग्रह गर्नुभयो । डिप बोरिङ् निषेधका लागि काठमाडौँ महानगरपालिकाले निर्णय गर्न ढिला गर्नुहुँदैन । डिप बोरिङ रोकियो भने मात्र पनि जल भण्डारण बचाउन ठुलो योगदान हुनेछ । जोशीको भनाइ थियो ।
बैठकमा पानी पुनभरण गर्दा सडकमा भएको पानी जमिनमुनि पठाउँदा सहरमा छरिएका रसायन जमिनमुनि छिर्ने भएकोले जमिन मुनिको प्राकृतिक अवस्थालाई नकारात्मक प्रभाव नहुने विधिबाट पुनभरण गर्नु पर्ने सुझाव दिइएको छ ।
बैठकमा सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, जल संरक्षणविज्ञ इञ्जिनियर विश्वप्रकाश अमात्य, विभागीय प्रमुखहरु, जलविज्ञ सुदर्शन राजभण्डारी र सहरी योजनाकार जोशीले, पानी पुनभरण गर्दा आवश्यक पर्ने संरचना र प्राविधिक ज्ञान, महानगरपालिकाले अहिले गरिरहेका कार्यक्रम, यसलाई प्रभावकारी बनाउन नागरिक प्रोत्साहन, कार्यक्रमको नियमन, अनुगमन र मूल्याङ्कन प्रणाली, यी कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी लिने विभाग, निकायका विषयमा धारणा राख्नुभएको थियो । विगतमा प्राप्त गरेका ज्ञान, सिप र अनुभव संग्रह गर्दै आगामी दिशा तय गर्नु पर्नेमा अधिकारीहरुको जोड थियो ।
पानीसँग सम्बन्धित डुवान, खानेपानीको अभाव, तरल फोहर उत्पादन र प्रशोधन प्रणाली, यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्ष छलफलमा उठेका थिए ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App