Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • वडा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता सुरु : ४ समूहमा ७२ जना खेलाडी सहभागी

    माघ १० गते खेल समापन हुने कार्यक्रम 

    काठमाडौँ । आजदेखि वडा नं. ३० ले वडा अध्यक्ष कप प्रथम व्याडमिन्टन प्रतियोगिता सुरु गरेको छ । वडा नंं २९ र ३० का खेलाडीहरुका विचमा हुने खेल ४ समूहमा खेलाइँदैछ । २१ वर्ष उमेर पूरा भएका पुरुषहरुको खुला (मेन्स डवल ओपन), २१ वर्ष उमेर पूरा भएका महिलाहरुको (वुमन डवल ओपन), ५० वर्ष उमेर पूरा भएका भेट्रान्स डवलमा जोडी खेलाडीको उमेर १०५ वर्ष नाघेको हुनुपर्ने, ५५ वर्ष नाघेका भेट्रान्स डवलमा जोडी खेलाडीको उमेर ११५ वर्ष नाघेको हुनुपर्ने आधारमा खेलाडी छानिएको हो । पुरुष खेलाडीहरु वडा २९ वा ३० बाटै हुनु पर्ने र महिलाहरु भने अन्य वडाबाट पनि भाग लिन पाउने गरी सहभागी गराइएको छ । प्रतिस्पर्धामा ७२ जना खेलाडी हुनुहुन्छ । खेल वडा नं. २९ को कभर्ड हलमा हुँदैछ । 

    प्रतियोगिता सुरु महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्वस्थ्य सहरी जीवनका लागि वडा वडामा खेलकुदका कार्यक्रम विस्तार गर्ने योजना कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो । ‘सद्भावयुक्त स्वस्थ्य समाज निर्माणमा खेलकुदको अहम् योगदान छ । खेलमार्फत हुने शारीरिक तथा मानसिक सक्रियताले व्यक्तिलाई सकारात्मक बनाउँछ । खेलले जीवनलाई स्वस्थ्य त राख्छ नै अनुशाशित पनि बनाउँछ ।’ उहाँले भन्नुभयो, ‘वडा स्तरमा हुने प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा योगदान गर्ने हामीले अपेक्षा गरेका छौँ ।’ 

    उद्घाटन अवसरमा वडा नं. २९ का अध्यक्ष कुश ढकालले, युवा लक्षित खेलले व्यक्ति र समाजलाई मात्र नभइ विकासको गतिलाई पनि सही दिशामा निर्देशित गर्ने विचार राख्नुभयो । वडाले युवा लक्षित खेलका कार्यक्रमको योजना बनाएको छ । ढकालले खेलका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 

    सिमाना जोडिएका वडासँगै वडावासीसँग आत्मीय सम्बन्ध कायम भइरहन सकोस् भनेर प्रतियोगिता आयोजना गरिएको वडा नंं ३० का सचिव देवराज जोशीले जानकारी दिनुभयो । 

    २१ को गेम प्वाइन्ट र वेस्ट अफ थ्रि नकआउटका आधारमा प्रतियोगिता हुनेछ । स्कोरिङ् ¥याली प्वाइन्ट विनिङ् सिस्टममा हुनेछ । 

  • प्रकाशित मिति सोमबार ७ माघ २०८१ ०८:०३ PM