वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
वडा नंं ६, ८, १२, २१, २६ र २७ मा चालृ आर्थिक वर्षमा सकिने योजनाहरु सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो ।
योजनाहरु वडा नं. ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएका हुन् । यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको थियो । यसलाई सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ ।
सम्पन्न ५ वटा योजनावाट १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नम्बर ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको छ । यसको लागत १ करोड २६ लाख ६० हजार रुपैयाँ हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८२५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ । यसको लागत १ करोड ५४ लाख ६८ हजार ८ सय रुपैयाँ हो ।
वडा नं. २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ हो । वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुईवटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो । यसको लागत ४४ लाख ८७ हजार ६ सय रुपैयाँ हो ।
सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्ममा ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
जमलदेखि असनहुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ । भोटाहिटी असनहुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ । असनदेखि वीर अस्पताल, महावौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । विजुलीको तार भूमिगत गरेपछि ढुङ्गा विछ्याउने काम सञ्चालन गरिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App