वि.सं.: २०८२, चैत १८ बुधबार
इ.स.: 2026 April 1,WEDNESDAY
वि.सं.: २०८२, चैत १८ बुधबार
काठमाडौँ महानगरका प्रमुख र उपप्रमुखका प्रत्याशीबाट मतदान
काठमाडौँ । काठमाडौँ महानगरमा प्रमुख र उपप्रमुखका प्रत्याशीहरुले मतदान गर्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत उहाँहरुले आफू मतदाता रहेको वडाका मतदान स्थलमा गएर मतदान गर्नुभएको हो ।
यस क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार केशव स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पसमा गएर विहान सवा ७ बजे नै मतदान गर्नुभयो । यसैगरी नेपाली कांग्रेसकी प्रत्याशी (सत्तारुढ गठबन्धनका उम्मेदवार) सिर्जना सिंहले वडा नंं १६ मा रहेको नेपाल युवक माध्यमिक विद्यालय, साउनेपाटी, क्षेत्रपाटीमा गएर मतदान गर्नुभयो । यसैगरी विवेकशील साझा पार्टी प्रमुख समीक्षा बास्कोटाले वडा ३१ को भ्याली भ्यु मतदान स्थलमा र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले वडा ९ को अन्नपूर्ण बोर्डिङ् स्कूल, गैरीगाउँ मतदान स्थलबाट मतदान गर्नुभयो ।
यसैगरी उपप्रमुखका उम्मेदारहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की प्रत्याशी सुनिता डंगोलले, वडा २१ को फसिंगा लगनटोलमा र सत्ता गठबन्धन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले वडा १२ स्थित नेशनल टे«डिङ् कम्पनी लिमिटेडमा रहेको मतदान स्थलमा गएर मतदान गर्नुभयो ।
अहिले काठमाडौँमा निर्वाध निर्वाचन सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईकाअनुसार दिउँसो १ बजेसम्ममा काठमाडौँ महानगरमा करीव ३८ प्रतिशत मतदाताले मत खसालेका छन् ।
महानगरमा ३ लाख २४२ जना मतदाता र ८२६ जना प्रत्याशी छन् । १५६ मतदान स्थल र ३६३ केन्द्रबाट मतदान भइरहेको छ । काठमाडौँ जिल्लामा ३२० मतदान स्थल र ७५९ मतदान केन्द्र छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App