वि.सं.: २०८३, जेठ ७ बिहीबार
इ.स.: 2026 May 21,THRUSDAY
वि.सं.: २०८३, जेठ ७ बिहीबार
स्नातक उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर उत्तीर्ण सबैलाई सम्मान गरिने
काठमाडौँ । काठमाडौ महानगरपालिकाको वडा नं. १२ ले स्नातक तह उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर तह उत्तीर्ण सबैलाई सम्मान गर्ने भएको छ । आज वडामा पत्रकारहरुसँग कुराकानी गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको वातारण समितिका संयोजक वालकृष्ण महर्जनले, व्यक्तित्व र पेशा पहिचान तथा युवाहरुलाई भविष्यप्रति सकारात्मक बनाउन विगत वर्षदेखि नै सम्मान कार्यक्रम आयोजना भइरहेको बताउनुभयो ।
वडाका स्थायीवासीलाई प्रदान गरिने यो सम्मानका लागि जेठ ११ गतेभित्र शैक्षिक योग्यता तथा पेशाकर्मीका लागि नवीकरण भएका प्रमाण पत्रको प्रतिलिपि बुझाउन वडाले आग्रह गरेको छ । यससँगै मतदाता परिचय पत्र वा बसाईँ सराई आएको प्रमाण पत्रसहित वैयक्तिक फाराम भरेर २ प्रति पासपोर्ट साइजको फोटो दिनुपर्नेछ ।
वडाले २०८१ सालमा ६७ जना विद्वत व्यक्तित्व, चक्रेश्वर, गुरु, नायः, कजि गरी ३४ जनालाई सम्मान गरेको थियो । २०८२ सालमा १६३ जना व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो । यस पटक विद्वत वर्गमा इञ्जिनियर, एमबीबीएस डाक्टर, चार्टर अकाउन्टेन, रजिष्ट्रर्ड अडिटर, पाइलट, विद्यालय–क्याम्पसका प्रधानाध्यापकहरु, राष्ट्रिय अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेतासहितलाई सम्मान गर्ने योजना छ ।
‘दिनहुँ यान्त्रिक जीवनतिर लम्किरहेका वडावासी सम्मानका दिन एक ठाउँमा भेला हुनेछन् । एक अर्काको पेशाप्रति परिचित हुनेछन् । आफूलाई आवश्यक परेको पेशासँग सम्बन्धित सेवा वडाबासीबाट सजिलै लिने वातावरण बनाउनेछन् ।’ अपेक्षित नतिजाका बारेमा वडाध्यक्ष महर्जनले स्पष्ट पार्नुभयो ।
सम्मानका लागि प्राप्त भएका कागजपत्रको रुजु गरेर वडालाई बुझाउन ज्ञानीबाबु सिंहको संयोजकत्वमा प्रचण्डमान बज्राचार्य, राजा डंगोल, तीर्थनारायण महर्जन र हरिगोविन्द रञ्जितकार सदस्य रहेको छनोट समिति बनाइएको छ । समितिका संयोजक सिंहले, काम थालनी गरिसकिएको जानकारी दिनुभएको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App