वि.सं.: २०८३, भदौ ३ बुधबार
इ.स.: 2026 August 19,WEDNESDAY
वि.सं.: २०८३, भदौ ३ बुधबार
आज विहान ८ बजेदेखि काठमाडौँ महानगरको मत गणना गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरको मत गणना अहिले विहान ०८ बजेबाट गर्ने तयारी भएको छ । गए राती १२ बजेपछि बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मत गणना गर्दा वडा १ बाट माथि र ३२ बाट तल हुने गरी थालनी गर्ने सहमति भएको छ । पौडेल भन्नुहुन्छ, ‘एक पटकमा ५ वटा वडाबाट गणना थालिनेछ ।’ गणना स्थलमा उम्मेदवारका प्रतिनिधि रहने व्यवस्थाका विषयमा उहाँ भन्नुहुन्छ, ‘आयोगले दलबाट एक जना र स्वतन्त्रबाट प्रतिनिधिमुलक प्रतिनिधित्व गराउन भनेको छ । यसैअनुसार व्यवस्था मिलाइनेछ ।’
हिजो मतदान सकिएपछि साढ ५ बजेबाट मतपेटिका सभा गृह ल्याउन थालिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६ वटा काउन्टर राखेर पेटिका बुझेको थियो । यो क्रम करिब साढे ११ बजेसम्म चलेको थियो । त्यसपछिको आधा घण्टामा सर्वदलीय बैठक बसेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App