वि.सं.: २०८२, कात्तिक १९ बुधबार
इ.स.: 2025 November 5,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १९ बुधबार
एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टमा उपप्रमुख डंगोल
काठमाडौँ । ‘सेवा र पूर्वाधारलाई लैङ्गिक उत्तरदायी बनाउन सहरी योजनाका नीति र संस्थागत प्रवन्धमा काम सुरु गरिसकेका छौँ ।’ काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, थाइल्याण्डको वैङ्ककमा आयोजना भइरहेको दोस्रो एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका रुपमा धारणा राख्ने क्रममा भन्नुभएको छ, ‘अहिलेकोे अवस्थालाई नक्साङ्कन गर्ने योजनामा छौँ ।’
‘महानगरपालिकाको केन्द्रीय कार्यालयमा स्तनपान कक्ष बनाइएको छ । महिला र पुरुषका लागि छुट्टै शौचालयको प्रबन्ध छ । शिशु स्याहारका लागि कार्यक्रम तर्जुमा भइसकेको छ ।’ कार्यालयको भौतिक संरचनाको कुरा गर्दै उहाँले समुदाय स्तरमा भएका संयन्त्रको कुरा गर्दै, समुदायमा आमा समूह, वुहारी समूह, छोरी समूह गठन भएको उल्लेख गर्नुभयो ।
‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि सचेतना तथा भएका हिंसा व्यवस्थापनका लागि महिलाकै नेतृत्वमा वडास्तरीय महिला सञ्जाल गठन गरेका छौँ । कानुनी उपचारका लागि आर्थिक स्रोत नभएकाहरुका तर्फबाट वकालत गर्ने कानुन व्यवसायीलाई महानगरपालिकाले शुल्क तिरेर उहाँहरुको कानुनी उपचार प्राप्त गर्ने अधिकार सुनिश्चित गरेका छौँ ।’ उहाँले महानगरपालिकाबाट भएका भएका कामका बारेमा जानकारी गराउनुभयो ।
बुधबार भएको ‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रुपमा बोल्दै उहाँले यस सम्बन्धी जानकारी गराउनुभएको हो । प्यानलमा इन्टर अमेरिकन डिभलपमेन्ट बैङ्कको लैङ्गिक तथा विविधताका विशेष सल्लाहकार डायना रोड्रिगेज फ्रान्को, युनिसेफका सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रीय सल्लाहकार एन्ड्रिया रोसी, डाटा पप एलायन्सका डाटा फेमिनिष्ट प्रोग्राम डाइरेक्टर अन्ना स्पेनेर्डी र यूएन वुमन भियतनामका प्रोग्राम म्यानेजर किम लब गुयेन हुनुहुन्थ्यो ।
फोरममा केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी शसक्त बनाउने सकिन्छ?, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित छन् । ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान भइरहेका छन् । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयमा फोरममा छलफल भइरहेको छ ।
कार्तिक ६ गते सुरु भएको फोरम आज सकिँदैछ । यसमा भाग लिन उपप्रमुख ५ गते थाइल्याण्ड प्रस्थान गर्नुभएको थियो । उहाँ भोलि स्वदेश फर्किँदै हुनुहुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App