वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
प्रणाली सपोर्ट गर्न जनशक्ति परिचालन
काठमाडौँ । एकीकृत विद्युतीय सेवा प्रणालीमा काठमाडौँ महानगरपालिकाको संस्थागत क्षमता विकास र सेवाग्राहीलाई सेवा लिन अभ्यस्त गराउँदै फेसलेस गभर्नान्सका लागि काम भइरहेको प्रवक्ता नविन मानन्धरले बताउनुभएको छ । इशिफारिस कार्यान्वयनका लागि वडाध्यक्ष र
वडा सचिवका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो, ‘कानुन र प्रक्रिया हेर्ने सचिव र व्यवहारिकता हेर्ने वडाध्यक्षका बिचमा शिफारिस दिने प्रणाली सञ्चालन सम्बन्धी बुझाइ एउटै हुनुपर्छ ।’
त्यस क्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो ‘स्वचालित प्रणालीमा पुग्नुपर्छ । सामान्य शिफारिस लिन कार्यालयमा पुग्नु पर्ने, लाइन बसेर कर्मचारीको टेवुलमा पुग्नु पर्ने अवस्थालाई पूर्ण अन्त्य गर्नुपर्छ ।
अभिमुखीकरण कार्यक्रममा वडाध्यक्षहरुले नागरिकको आवश्यकता पूरा गर्न प्रणालीलाई अद्यावधिक गराउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।
वडाहरुमा प्रणालीलाई अनिवार्य गराउन सूचना प्रविधि विभागले प्राविधिक सहायताका लागि कर्मचारी खटाएको छ । विभागका प्रमुख अनिरुद्र नेपाल भन्नुहुन्छ, ‘परामर्श दिने कर्मचारी र कार्यालयमै बसेर सहयोग गर्ने कर्मचारी खटाएका छौँ । प्रणाली स्वतः सञ्चालनमा नआउञ्जेलसम्म वडाहरुलाई यो सहायता प्रदान भइरहनेछ ।’
कतिपय शिफारिसहरु निःशुल्क छन् । कतिपय शुल्क तिर्नु पर्ने खालका छन् । कतिपय शिफारिसहरु भौतिक उपस्थितिमा मात्र प्रदान गर्न सकिन्छ । सेवाका यस्ता प्रकृतिसँगै, अनिवार्य गरिएका कागजपत्र सम्लग्न गराउने, सम्लग्न भएका कागजपत्रको विश्वसनीयता, भुक्तानी प्रक्रियालगायत विषय अभिमुखीकरणमा समावेश गरिएका थिए ।
महानगरपालिकाका सेवालाई विद्युतीय प्रणालीमा आवद्ध गराएर अटोमेसनमा लैजान नीति कार्यान्वयनमा लैजान सुशासन समिति र सूचना प्रविधि समितिले सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् । यसको कार्यान्वयन गर्दै विभागले वडा तहबाट प्रदान गरिने शिफारिसलाई अनलाइन प्रणालीमा आवद्ध गराउन https://esifarish.kathmandu.gov.np/ विकास गरेको छ । यस प्रणालीमा दर्ता हुन नाम थर, इमेल ठेगाना, मोवाइल नम्बर, नागरिकता नम्बर, नागरिकता जारी मिति, नागरिक प्राप्त गरेको जिल्लाको ठेगाना, युजर नेम र पासवर्ड राख्नुपर्छ ।
यसबाट प्राप्त हुने युजर नेम र पासवर्डको प्रयोग गरेर प्रणालीमा आफूलाई चाहिने शिफारिसको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App