वि.सं.: २०८३, असर ५ शुक्रबार
इ.स.: 2026 June 19, FRIDAY
वि.सं.: २०८३, असर ५ शुक्रबार
क्याम्पका कक्षाहरुमा भिज्दै विद्यार्थीहरु
काठमाडौँ । फेस्टिभल क्याम्पजस्ता इभेन्ट्सले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत गर्ने बताउँदै मिस नेवा सकिना महर्जन २०२३ ले यस्ता कार्यक्रमबाट सिकेका सिप जीवनउपयोगी हुने बताउनुभयो । उहाँले रत्नराज्य माध्यमिक विद्यालयको प्रभावशाली व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रममा विद्यार्थीहरुसँ अन्तरक्रिया गर्दै यस्तो धारणा राख्नुभएको हो । यस क्रममा मिस कार्यक्रमका आयोजक हेमा मानन्धरले, नधकाइ बोल्न, मनमा लागेका कुरा सिलसिलावद्ध व्यक्त गर्ने क्षमताका लागि अहिलेको अभ्यासले ठूलो काम गर्ने बताउनुभयो ।
दशैँ तिहारको छुट्टीमा बसेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीसँग अन्तरक्रिया गर्दै उहाँहरुले यस्तो बताउनुभएको हो ।
क्याम्पका कक्षाअन्तर्गत विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन भइरहेको छन् । यी कक्षा सुरु हुनु अगाडि खेल प्रशिक्षण हुन्छ । ३ बजेपछाडि अन्तरक्रियात्मक, क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित छन् । ३ बजेपछि कम्तीमा १ घण्टा इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ्), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
फेस्टिभल क्याम्प सम्बन्धी समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App