वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
यातायात आवागमन असहज हुने देखिएकोले १ लागि कक्षा स्थगित गर्नु परेको हो – संयोजक, झा
काठमाडौँ । सिप मेलाअन्तर्गत जेठ १५ गतेका कार्यक्रम सञ्चालन नहुने मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभएको छ । यस दिन काठमाडौँमा आयोजना हुने गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रमहरुले सवारी आवागमनमा समस्या हुने देखिएको र यसकारण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई कक्षामा आउन जान कठिन हुने भएकोले कक्षा बन्द गर्नु परेको झाको भनाइ छ । १६ गतेदेखि कक्षाहरु नियमित हुनेछन् । छुटेको कक्षा आउँदा शनिवारमध्ये कुनै एक शनिवारको दिन उपयोग हुनेछ ।
गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्ष २०८१ जनालाई तालिम दिने लक्ष्य राखेर जेठ ७ गतेदेखि मेला थालिएको हो । १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित तालिममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् ।
आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) पेशा छन् ।
विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चल्नेछन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम हुनेछन् ।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम हुनेछ । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।
कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । यस्तै स्टक मार्केट सम्बन्धी तालिम हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App