वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
फेस्टिभल क्याम्प झन रोचक बन्दै, विद्यार्थीहरुमा रुचि थपिँदै
काठमाडौँ । कन्दरा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले मधुर आवाजमा संगीत क्षेत्रका सम्भावनाको कुरा गरिरहँदा विश्वनिकेतन माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीहरु मन्त्रमुग्ध भएर सुनिरहेका थिए । श्रेष्ठले कक्षा १० मा अध्ययन गर्दाको उमेर समूहमा मनमा जागृत हुने भावना र यसरी आउने भावना व्यवस्थापन गर्न नसके हुन सक्ने जोखिमप्रति विद्यार्थीहरुलाई सचेत गराउनुभयो ।
‘सपना ठूलो देख्नुपर्छ । देखेको सपना पूरा गर्न मिहनेत गर्नुपर्छ । मिहनेतले मात्रै पनि नपुग्न सक्छ । यसबाट प्राप्त हुने प्रतिफलका लागि धैर्यता चाहिन्छ ।’ श्रेष्ठले अन्तरक्रियाका क्रममा धारणा राख्दै गर्दा विद्यार्थीहरुमा चेहरामा उर्जा भरिँदै गएको देखिन्थ्यो ।
संगीतका विषयमा उहाँले भन्नुभयो, ‘संगीतमा धेरै वाजा बजेका हुन्छन् । तर, कुनै बाजाले अर्को बाजाको लय र तालमा बाधा गरेको हुँदैन । एउटै ताल हुन्छ । यही विशेषताका कारण संगीतले मनलाई एकाग्रता दिलाउँछ । शान्त बनाउँछ ।’ उहाँले संगीत क्षेत्रमा साधना गर्नेले रचनात्मक क्षेत्रमा ठूलो योगदान दिन सक्ने बताउनुभयो । संगीत क्षेत्रको सफलताबाट नाम र आय दुवै प्राप्त हुने भएकोले मिहनेत गर्न र धैर्यता राख्न सक्ने व्यक्तिको संगीत क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्नुभयो ।
श्रेष्ठको कक्षालाई विद्यार्थीहरुले अन्तरमनबाट ग्रहण गरेको महसुस गरेँ । कक्षामा सहभागी हुन जानुभएका सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले भन्नुभयो, ‘संगीत साधनामा उत्प्रेरित विद्यार्थीले अध्ययनमा पनि उत्तिकै राम्रो नतिजा ल्याउन सक्छन्, भन्ने सन्देश प्रवाह भयो । यस्तै संगीत क्षेत्रमा पनि भविष्य छ । गायक श्रेष्ठले, विद्यार्थीहरुको अन्तरमनको रुचिलाई प्रस्फुटन गराउनु भएको महसुस गरेँ ।’
महानगरपालिकाले कार्तिक ४ गतेदेखि १६ वटा विद्यालय (केन्द्र)मा एकैपटक ‘फेस्टिभल क्याम्प’ को सुरु गरेको हो । सबै केन्द्रमा सम्बन्धित वडाध्यक्षले एकै साथ उद्घाटन गर्नुभएको कार्यक्रममा सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको छ । दशैँ तिहारबिच छुट्टीको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि क्याम्प सञ्चालन गरिएको हो । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य हो ।
क्याम्पमा विहान साढे १० भन्दा अगाडि विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् । यी कक्षाहरु लेक्चरर विधिमा नभइ क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित हुनेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्तका आधारमा कक्षा चल्नेछन् । ३ बजेपछि कम्तीमा १ घण्टा इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन (स्टोरी टेलिङ्), वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यसबाट सिकाइ प्रवर्धन गर्न नविनतम अभ्यासका लागि वातावरण तयार हुनेछ ।
पहिलो दिनको कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । यस्तै खेलकुद, उत्प्रेरणात्मक कक्षासहितका क्रियाकलाप सञ्चालन भएका थिए । कक्षा सञ्चालन गर्ने वातावरणका लागि विद्यालय र कक्षा कोठाहरुको सजावट गरिएको थियो ।
विद्यार्थीहरुलाई सपना देख्न र पछ्याउन गायक श्रेष्ठको सुझाव कन्दरा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले मधुर आवाजमा संगीत...
Posted by काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office on Sunday 27 October 2024
नतिजा सुधारका लागि यस अघिका प्रयास
सङ्घीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाका लागि उपलब्ध गराइएको रकमलाई दोब्बर गरिएको छ । सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको छ । पाठ््यपुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ ।
गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएका छन् । ११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । गएको वर्षका यी कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष शैक्षिक सुधारका लागि ‘इलर्निङ्’, ‘निरन्तर उपचारात्मक कक्षा’, ‘विज्ञहरुको विशेष कक्षा’ र ‘क्याम्प’ कार्यक्रम थप गरिएका हुन् । यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ ।
गएको वर्ष ग्रेड सुधारका लागि अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । यो नियमित थिएन । चालु आर्थिक वर्षमा यसलाई निरन्तरता दिइएको छ । २०८० सालको एसइई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धी हो ।
क्याम्प सञ्चालन भएका विद्यालयहरु
१) शिवपुरी माध्यमिक विद्यालय, वडा नं. ३, महाराजगञ्ज
२) टंगाल माध्यमिक विद्यालय, वडा नं. ५ टंगाल
३) महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नं. ६, बौद्ध
४) जनकल्याण माध्यमिक विद्यालय, वडा नं. ६, बौद्ध
५) पशुपति मित्र माध्यमिक विद्यालय, वडा नं. ७, चावहिल
६) गुह्येश्वरी माध्यमिक विदालय, वडा नं. ९, सिनामंगल
७) रत्नराज्य माध्यमिक विद्यालय, वडा नं. १०, मध्य बानेश्वर
८) विश्वनिकेतन माध्यमिक विद्यालय, वडा नंं ११, त्रिपुरेश्वर
९) जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १३, कालीमाटी
१०) ज्ञानोदय माध्यमिक विद्यालय, वडा नंं १३, बाफल
११) गीतामाता माध्यमिक विद्यालय, वडा नंं १५, बिजेश्वरी
१२) तरुण माध्यमिक विद्यालय, वडा नंं १६, बालाजु
१३) शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, थंहिटि, वडा नं. १७, थंहिटि
१४) शान्ति निकुञ्ज माध्यमिक विद्यालय, वडा नंं २०, भगवतीबारी
१५) पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, वडा नं. २९, डिल्लीबजार
१६) काटेश्वर सरस्वती माध्यमिक विद्यालय, वडा नंं ३२, कोटेश्वर
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App