वि.सं.: २०८३, साउन १३ बुधबार
इ.स.: 2026 July 29,WEDNESDAY
वि.सं.: २०८३, साउन १३ बुधबार
२४ वर्षसम्म हुन नसकेको सम्यद दानको सम्झना गराउन दान र शोभायात्रा
काठमाडौँ । आज काठमाडौँको महावौद्धमा रहेको महावुद्ध महाविहार र असनमा पञ्चदान सम्पन्न भएको छ । हरेक १२ वर्षमा हुनु पर्ने तर वितेका २४ वर्षसम्म पनि हुन नसकेको सम्यक महादानको स्मरण गराउन दिपंकर तथागत वुद्धको शोभायात्रा र पञ्चदान कार्यक्रम भएको हो ।
शोभा यात्रा तथा पञ्चदान कार्यक्रममा पुगेर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सम्यक दान तथा पञ्चदानको सांस्कृतिक र सामाजिक सम्बन्धका विषयमा जानकारी लिनुभएको थियो । यस क्रममा काठमाडौँ महानगरपालिकाभित्रका अमूर्त सम्पदा, जनश्रुति तथा कथनमा आधारित सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिकाले कसरी काम गर्नु पर्छ? भन्ने विषयमा पृष्ठपोषण लिनुभएको थियो ।
‘हामी आवश्यकता र तथ्यमा आधारित कार्यक्रम कार्यान्वयन गर्न चाहन्छौँ । यसका लागि तपाईँहरुका मनमा लागेका कुरा निर्धक्क भन्नुहोला ।’ श्रद्धालुलाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्दै उहाँले, अमूर्त सम्पदा जोगाउने काममा महानगरपालिका सँधै साथमा रहेको बताउनुभयो ।
सामाजिक सद्भावका लागि काठमाडौँमा भएका जात्रा पर्व जत्तिका वैज्ञानिक संस्कार शायदै अन्त होलान् । कार्यक्रमका बारेमा वडा २७ का अध्यक्ष योगेशकुमार खड्गीले प्रतिक्रिया दिनुभयो ।
शोभा यात्रामा काठमाडौँका विभिन्न स्थानमा रहेका महाविहार, बहाः बहीः मा रहनुभएका ८५ जना शाक्य स्थवीर, थायपा, दिपङ्कर तथागत बुद्धहरु र जीवित देवताहरु श्रीगणेश र श्रीभैरवलाई विराजमान गराइएको थियो ।
पञ्चदान तथा दिपङ्कर शोभा यात्रा विहान ७ बजे दिपङ्कर वुद्धहरुको आसन ग्रहणबाट सुरु भएको थियो । विहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान प्रदान भएको थियो ।
पञ्चदानमा चामल, धान, नुन, दाल र दक्षिणा गरी पाँच प्रकारका आवश्यक बस्तु दान गर्नाले पुण्य प्राप्त हुने विश्वाश छ । यो नेवार समुदायका बौद्धमार्गीमा प्रचलित धार्मिक तथा सांस्कृतिक परम्परा हो ।
अपरान्ह साढे १२ बजे दिपङ्कर बुद्धलाई महाबौद्ध, असन, त्योड, इनबहाल, कमिलाक्षी, भोटाहिटी हुँदै असनको डवलीसम्मको शोभा यात्रा गराइएको थियो । त्यसपछि असनमा पूजा प्रारम्भ भएको थियो ।
सम्यक महादान स्वयम्भूमा हुने गर्छ । पछिल्लो समय २०६० साल महादान भएको थियो । त्यसपछि भएको छैन ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App