वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
वडा नंं १०, ११ र १४ मा धेरै प्रभाव
काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा नं. १० ले शनिबार विहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था ग¥यो । वडाध्यक्ष रामकुमार के. सी. भन्नुहुन्छ, अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका छौँ । के. सी. का अनुसार आज अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ । बागमती नदीले वडा १० का शंखमुल, वुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ ।
बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो । यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ । वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफुल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव प¥यो । वडाले शनिबार वाढी प्रभावित १२५ जनालाई कम्बल वितरण ग¥यो । ४ सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरियो । 
विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट विछ्याइएको छ ।
वडा नंं ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ । प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ । वडा सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ ।
शुक्रबारबाट परेको अविरल बर्षाका कारण नदी किनाराहुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो । यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानै देखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए । यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए । यसका लागि ४ वटा रेस्क्यु बोट (डुङ्गा) को प्रयोग गरिएको थियो ।
काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका १ हजार १६० जनालाई उद्धार गरिएको थियो । खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो । ७४ वटा पशु चौपाया क्षति भयो । १ हजार ३४० वटा घर डुवान भए ।   
यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपदमा फसेका ५ जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो । वडा नं. २४ मखन गल्लीमा पुरानो घर भत्किएर अवरुद्ध भएको सडकलाई महानगर प्रहरी बलले अवरोध हटाएर सडक सुचारु गरेको थियो ।
भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुवान भएको थियो ।
बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन् । अविरल बर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीब्र बहाव आएको थियो ।
काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपद परेमा सहयोगका लागि हटलाइन नम्बरहरु १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App