वि.सं.: २०८२, कात्तिक ३० आइतबार
इ.स.: 2025 November 16,SUNDAY
वि.सं.: २०८२, कात्तिक ३० आइतबार
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० भीमसेनस्थान नजिकै सोमबार बिहान आगलागीले चारवटा घर र एक निजी मन्दिरमा क्षति पु¥याएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा नआए पनि ९० प्रतिशत आगो निभाइसकिएको काठमाडौँ मानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ, तर पूर्ण रूपमा निभाउन अझै केही समय लाग्न सक्छ।“
आगलागी काठमाडौं महानगरपालिका–२० भीमसेनस्थानस्थित दुईतले घरमा रहेको कपडाको गोदामबाट सुरु भएको थियो । जोशीका अनुसार आगो गोदाममा रहेका कपडा, कार्पेट र अन्य ज्वलनशील सामग्रीका कारण तीव्र रूपमा फैलियो । गोदाममा रहेका ग्यास सिलिन्डरहरू पड्किँदा आगो झन् भयावह बन्यो । आगलागीको कारण इलेक्ट्रिक सर्किट सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागी भएको खबर बिहान ४:४१ मा फोनमार्फत प्राप्त भएको थियो। आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट पहिलो दमकल बिहान ४ः४४ मा र दोस्रो दमकल ५ः०१ मा गरी क्रमश: महानगरपालिकाका चारवटा दमकल घटनास्थल पुगेका थिए । त्यसपछि ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलहरू समेत गरी जम्मा छवटा दमकल परिचालन गरिएको थियो।
स्थानीय स्वीपरले बिहान फोहोर सङ्कलन गर्न आउँदा आगो देखेपछि सूचना दिनासाथ तत्काल दमकल घटनास्थल पुगेको जोशीले जानकारी दिनुभयो ।
आगलागीबाट प्रभावित चारवटा घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने दुईवटामा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको छ । बाँकी एउट घर २५ प्रतिशतजति क्षति भएको प्रारम्भिक अनुमान छ । साथै, प्रभावित घरमाथिको निजी मन्दिर (गुठीको मन्दिर) मा पनि क्षति पुगेको जनाइएको छ ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ, यद्यपि स्टिल स्ट्रक्चरका पुराना भवनहरूमा आगोले ठूलो क्षति पु¥याएको जनाइएको छ । कपडा निकाल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिनुभयो ।
आगलागीका क्रममा पाँच जनालाई उद्धार गरिएको छ । जसमा दुई जना वयस्क र तीन जना बालबालिका थिए । “नगरप्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले स्थानीयसँग मिलेर मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको छ ,“ महाशाखा प्रमुख जोशीले भन्नुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App