Logo
  • वि.सं.: २०८३, वैशाख १४ सोमबार

  • इ.स.: 2026 April 27,MONDAY

  • वि.सं.: २०८३, वैशाख १४ सोमबार

  • वडाबाट संरक्षित बालबालिकाका लागि खाद्यान्नसहित उपभोग्य सामग्री प्रदान 

    पूर्वाधारसहित सामाजिक विकासका क्षेत्रमा काममा हामी सक्रिय छौँ - वडाध्यक्ष, श्रेष्ठ 

    काठमाडौँ । नक्सालमा रहेको नेपाल बाल संगठनमा संरक्षित बालबालिकाका लागि वडा नं. १ ले खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ । प्रदान गरिएका सामग्रीहरुमा चामल, विभिन्न खालका दाल, तेल, चिनी, नुन, पिठो, मसला, चिया, घिउ, भुजा, साबुन, सरफलगायत छन् । १० लाख रुपैयाँ बराबरका यी सामानले २ महिना पुग्ने संगठनका अधिकारीहरुले बताउनुभयो । 

    सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘संरक्षित बालबालिकाको शिक्षा तथा पोषण उपलब्ध गराउने दायित्व पूरा गरेका छौँ ।’ वडाले पूर्वाधार निर्माणलाई जत्ति महत्व दिएको छ, सामाजिक विकासका कामलाई पनि उत्तिकै महत्व दिएको छ । श्रेष्ठको भनाइ थियो । 

    त्यस क्रममा संगठनका कार्यवाहक अध्यक्ष प्रेमप्रसाद पराजुलीले भन्नुभयो, ‘संगठनसँग आफूलाई पुगेर अरुलाई सहयोग गर्न पुग्ने स्रोत थियो । यसको संरक्षण हुन नसकेपछि अहिले आफैँलाई चलाउन अरुबाट सहयोग लिनु पर्ने अवस्थामा पुगेको छ । यो दुःखको घडीमा संरक्षित बालबालिका भोकै हुँदा महानगरपालिकाले खाना दिएको छ । चिसो हुँदा लुगा दिएको छ । यसले बालबालिकाको शिक्षादीक्षामा ठूलो सघाउ पुगेको छ ।’

    वडा सचिव सर्वज्ञराज पौडेलकाअनुसार संगठनलाई प्रदान गरिएका सामग्री साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरिएका हुन् ।  

    संगठनका देशभरिमा १० वटा बाल गृह छन् । यी गृहहरुमा करिब ३ सय बालबालिका संरक्षित छन् । 

  • प्रकाशित मिति मंगलबार १३ कात्तिक २०८१ ०७:४८ PM