Logo
  • वि.सं.: २०८२, पुस १४ सोमबार

  • इ.स.: 2025 December 29,MONDAY

  • वि.सं.: २०८२, पुस १४ सोमबार

  • नवनिर्मित भवनबाट वडा नं. २ को प्रशासनिक सेवा प्रारम्भ : ४ करोड ९१ हजार ५२४ रुपियाँमा भवन निर्माण सम्पन्न

    'सीमित समूहको कब्जामा रहेको जग्गा वडाबासीको उपयोगमा ल्यायौँ, यो ठुलो कुरा हो' - वडाध्यक्ष, श्रेष्ठ

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ ले लाजिम्पाटस्थित नर्सरी मार्गमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । यसअघि वडा कार्यालय लाजिम्पाट मार्गबाट नीलसरस्वती मार्गतर्फको सडक खण्डमा थियो । नवनिर्मित भवन निर्माणको लागत करबाहेक ४ करोड ९१ हजार ५२४ रुपियाँ हो । 

    भवनको उद्घाटन गर्दै वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले, सार्वजनिक सम्पत्ति समूहको कब्जाबाट नागरिकहरुको सेवा गर्ने ठाउँमा रुपान्तरण गर्न पाउनु आफ्नो कार्यकालका महत्वपूर्ण काममध्येको एउटा भएको उल्लेख गर्नुभयो । त्यस्तै पूर्व प्रमुख विद्यासुन्दर शाक्यले, पूर्वाधार निर्माणसँगै चुस्त सेवा प्रवाह हुने अपेक्षा गर्नुभयो । 

    सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनले चर्चेको जमिनको क्षेत्रफल २ हजार ४४३ वर्गफुट छ । भवनको क्षेत्रफल १२ हजार ५२७ वर्गफुट छ । भवन निर्माणको लागत अनुमान ओभरहेड, कन्टिजेन्सी र प्रोभिजनल समेत ५ करोड ५१ लाख ६ हजार ८५ रुपियाँ थियो । 

    २०७८ बैशाख १५ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । निर्माण सम्पन्न अवधि त्यसै वर्षको चैत मसान्त थियो । 

    वडाको प्रशासनिक काम नयाँ भवनबाट थालिएपछि पुरानो भवनमा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरिएको छ । 

  • प्रकाशित मिति सोमबार १४ पुस २०८२ ११:४५ AM