वडा ३० को अध्यक्षमा कार्की निर्वाचित : मत परिणाम सार्वजनिक
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ३० को मत परिणाम सार्वजनिक भएको छ । विहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले मत परिणाम घोषणा गरेको हो । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार दलबहादुर कार्की अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ६१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त खडगीले ९१६ मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्य पदमा १ हजार ९१७ मत प्राप्त गरेर ईन्दिरा सिंह, दलित महिला सदस्य पदमा १ हजार ८९७ मत प्राप्त गरेर शर्मिला श्रेष्ठ महतो सुडी निर्वाचित हुनुभएको छ । यसैगरी सदस्य पदमा १ हजार ८२८ मत प्राप्त गरेर मनोजकुमार डंगोल र १ हजार ७२५ मत प्राप्त गरेर मिलनकुमार खड्का क्षेत्री निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
वडाध्यक्ष पदमा ६ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । यस्तै महिला सदस्य पदमा ५ जना, दलित महिला सदस्य पदमा ४ जना र सदस्य पदमा १० जना गरी २५ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा ३०, ज्ञानेश्वर
अन्तिम मत परिणाम
अध्यक्ष
१) अशोककुमार थापा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५२१
२) कृष्णभक्त खड्गी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९१६
३) तीर्थनारायण महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ९१
४) दलबहादुर कार्की — नेपाली कांग्रेस — २०६१
५) श्याम मुनिकार — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ३१९
६) सुमन थापा — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल — ६
सदस्य
१) कपिल खड्गी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ९२
२) गोपालप्रसाद कोइराला — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५१५
३) मनोजकुमार डंगोल — नेपाली कांग्रेस — १८२८
४) मिलनकुमार खड्का क्षेत्री — नेपाली कांग्रेस — १७२५
५) रमेश आले मगर — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ९५
६) राजभाइ बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९९०
७) सत्यनारायण मुनिकार — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २३८
८) सविना श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २३५
९) सिजन भण्डारी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९३०
१०) सुधीर खत्री — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५९१
महिला सदस्य
१) इन्दिरा श्रेष्ठ (सिंह) — नेपाली कांग्रेस — १९१७
२) गान्धारी क्षेत्री ÷ ठकुरी — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५९३
३) भीमकुमारी कार्की (कटुवाल) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ८९५
४) राधाकुमारी श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ३६९
५) लक्ष्मी खड्गी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १०७
दलित सदस्य
१) उर्मिला परियार — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल — ६२९
२) गीता परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९०६
३) शर्मिला श्रेष्ठ महतो सुडी — नेपाली कांग्रेस — १८९७
४) सुनिता सुनाम (परियार) — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १०३