वि.सं.: २०८३, साउन १४ बिहीबार
इ.स.: 2026 July 30,THRUSDAY
वि.सं.: २०८३, साउन १४ बिहीबार
काबु वाहिरको समस्यामा सेवाग्राहीलाई पूर्व जानकारी दिन कार्यवाहक प्रमुखको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रवाह गर्ने विद्युतीय सेवामा इन्टरनेट र सर्भरसँग सम्बन्धित अवरोध हटाउने उद्देश्यले एकीकृत डाटा व्यवस्थापन केन्द्रसँग छलफल गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सेन्टरका प्रमुख मनिष भट्टराई, महानगरपालिकाको सहरी योजना आयोगका सदस्यहरु, सूचना प्रविधि विभागका प्रमुख, सफ्टवेयर डेभलपमेन्ट सेन्टरका अधिकारी, सूचना प्रविधि अधिकृतहरु सहभागी हुनुहुन्थ्यो । इन्टरनेट, सर्भर तथा विद्युतीय सेवा सम्बन्धी प्रणाली चलाउने पूर्वाधार र प्रणालीको क्षमता, सञ्चालन अभ्यास, उत्पन्न अवरोध र समाधानका उपायका विषयमा छलफल गरिएको थियो ।
महानगरपालिकाले नागरिकलाई प्रदान गर्ने ईगभर्नेन्स सेवालाई चुस्त, दुरुस्त, झन्झटमुक्त र प्रभावकारी बनाउन प्राविधिक पूर्वाधार र व्यवस्थापकीय अभ्यासमा सुधार गरिरहेको छ ।
यस क्रममा वडाहरुबाट बारम्बार आइरहने इन्टरनेट र सर्भरका कारण सेवा प्रवाहमा भएको अवरोधलाई शून्यमा झार्ने र सार्वजनिक सरोकारका विषयमा पारदर्शिता कायम गर्ने बैठकमा मुख्य विषय थिए ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले सूचना प्रविधि विभागका अधिकारीहरुलाई भन्नुभयो, ‘इन्टरनेट नचलेका कारण सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्था आउनु हुँदैन । यसका लागि आवश्यक पर्ने पूर्वाधार र प्रविधिका लागि काम गर्नोस् ।’
काबु बाहिरको परिस्थितिका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘यस्तो परिस्थितिमा सेवाग्राहीलाई पूर्व जानकारी दिनू । एकछिनमा काम हुन्छ भनेर नअल्मल्याउनु ।’
वैठकमा सेन्टरका प्रमुख भट्टराईले, अहिले सरकारी क्लाउड (जी क्लाउड) को कुल क्षमतामध्ये करिब ४० प्रतिशत हिस्सा काठमाडौँ महानगरले मात्र प्रयोग गरिरहेको बताउँदै महानगरपालिकालाई आफ्नै डाटा सेन्टर खरिद गर्न आग्रह गर्नुभयो । ‘यो एउटै प्रणाली भएका कारण सरकारी सेन्टरमा समस्या आउँदा महानगरको सेवामा पनि स्वतः समस्या हुन्छ । यो समस्याको समाधानका लागि महानगरपालिकाले आफ्नै प्रणाली खरिद गर्न राम्रो हुन्छ । यसको सेक्युरिटी र सञ्चालनका लागि हामी सहयोग प्रदान गर्छौँ ।’
एकीकृत डाटा व्यवस्थापन केन्द्र (आइडीएमसी) मा महानगरपालिकाले ७१ वटा भर्चुअल मेसिन (भीएमएस) र सार्वजनिक आईपी (पब्लिक आइपी) सञ्चालन गरेको छ । यी भीएमएस र आइपीहरुको पुनरावलोकन गरेर प्रयोगमा नआएका र निष्क्रिय रहेका मेसिनहरूलाई हटाउने योजना महानगरपालिकाको योजना छ । यसबाट सर्भरको भार कम हुने र सरकारी स्रोतको बचत हुनेछ ।
महानगरपालिकाले अहिले सेवा प्रवाह र शासन सञ्चालन गर्नका लागि ४५ भन्दा बढी अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । छुट्टाछुट्टै सेवाका लागि फरक-फरक आईडी र पासवर्ड सम्झिरहनु पर्ने भएकोले यो झन्झट हटाउन अहिले ‘सिङ्गल साइन-अन (यसयसओ) विकास गरिरहेको छ । यो प्रणाली लागू भएपछि एउटै लगइनबाट महानगरका सम्पूर्ण ई–गभर्नेन्स सेवाहरू प्रयोग गर्न सकिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App