वि.सं.: २०८२, चैत ५ बिहीबार
इ.स.: 2026 March 19,THRUSDAY
वि.सं.: २०८२, चैत ५ बिहीबार
वडा ३२ को अध्यक्षमा पराजुली निर्वाचित : मत परिणाम सार्वजनिक
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा ३२ को मत परिणाम सार्वजनिक भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले परिणाम घोषणा गर्नुभएको हो ।
वडाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार नवराज पराजुली निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार २२५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गर्नुभयो । निर्वाचित पराजुली यस अघिको कार्यकालमा पनि वडाध्यक्ष हुनुहुन्थ्यो ।
यसै गरी वडाको महिला सदस्य पदमा हीरादेवी पोखरेल, दलित महिला सदस्य पदमा सीता विसुन्के तथा सदस्य पदमा भगवान बुढाथोकी र हरिबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँहरु नेकपा एमालेकातर्फबाट उम्मेदवार बन्नुभएको थियो । महिला सदस्य पदमा निर्वाचित पाखरेल यस अघिको कार्यकालमा कार्यपालिका सदस्य हुनुहुन्थ्यो ।
वडाका् अध्यक्ष पदमा ७ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । यसै गरी महिला सदस्य पदमा ५ जना, दलित महिला सदस्य पदमा २ जना तथा सदस्य पदमा ११ जना प्रत्याशी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App