वि.सं.: २०८२, चैत ५ बिहीबार
इ.स.: 2026 March 19,THRUSDAY
वि.सं.: २०८२, चैत ५ बिहीबार
वडा २८ को मत परिणाम घोषणा : अध्यक्षमा भाइराम खड्गी निर्वाचित
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २८ को मत गणना सकिएको छ । गणनापछि आज मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले परिणाम सार्वजनिक गर्नुभयो ।
परिणाअनुसार वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भाइराम खड्गी प्रकाशले १ हजार २८२ पद प्राप्त गरेर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विपेन्द्र खड्गीले १ हजार ७३ मत प्राप्त गर्नुभयो ।
यसै गरी महिला सदस्य पदमा १ हजार २६५ मत ल्याएर नीनाकुमारी खड्गी निर्वाचित हुनुभयो । दलित महिला सदस्य पदमा १ हजार २०४ मत ल्याएर ललिता कार्की ढली निर्वाचित हुनुभएको छ ।
सदस्य पदमा १ हजार २७९ मत ल्याएर अरुण तण्डुकार र १ हजार १८५ मत ल्याएर वीरेन्द्र महर्जन निर्वाचित हुनुभयो । उहाँहरु सबै नेपाली कांग्रेकातर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
वडाका लागि ४ जना अध्यक्ष, ४ जना महिला सदस्य, ३ जना दलित महिला सदस्य र ८ जना सदस्य पदका लागि प्रत्याशी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App