वडा २९ को अध्यक्षमा ढकाल निर्वाचित : मत परिणाम सार्वजनिक
अहिलेसम्ममा ९ वटा वडाको परिणाम सार्वजनिक
जेठ ६
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा २९ को मत परिणाम सार्वजनिक भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले परिणाम घोषणा गर्नुभएको हो ।
वडाको अध्यक्ष पदमा विजयी हुनुभएका कुश ढकालले १ हजार ९२१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवराम राजबंशीले १ हजार ८७१ मत प्राप्त गर्नुभयो । यसैगरी वडाको महिला सदस्य पदमा रेणु श्रेष्ठले २ हजार ७५, दलित महिला सदस्य पदमा संगीता पुजारीले १ हजार ९७७, सदस्य पदमा सन्तोष ढुङ्गेलले १ हजार ८८२ र अनिलकुमार श्रेष्ठले १ हजार ७३१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
वडाको अध्यक्ष पदका लागि २ जना स्वतन्त्रसहित ७ जना, महिला सदस्य पदका लागि ६ जना, दलित महिला सदस्यका लागि ४ जना र सदस्य पदका लागि ११ जना गरी २८ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा २९, डिल्लीबजार
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारले प्राप्त गरेको मत
अध्यक्ष
१) किरण राजवंशी — स्वतन्त्र — १२
२) कुश ढकाल — नेपाली कांग्रेस — १,९२१ विजयी
३) कृष्णमान श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १०४
४) पूजा खड्गी (श्रेष्ठ) — राष्ट्रिय प्रजातन्त्र पार्टी — २१०
५) राजेन्द्ररत्न तुलाधर — स्वतन्त्र — २
६) शिवराम राजवंशी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १,८७१
७) सुनिल राजभण्डारी — नेपाली जनता दल — १६
सदस्य
१) अनिलकुमार श्रेष्ठ — नेपाली कांग्रेस — १,७३१ विजयी
२) खेलबहादुर देउला — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १४०
३) ज्ञानकुमार श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३१०
४) दिनेश महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १,३७८
५) नविन ढुङ्गाना — राष्ट्रिय प्रजातन्त्र पार्टी — २६६
६) प्रमोदकुमार बास्कोटा — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २८६
७) विप्लव श्रेष्ठ — नेपाली जनता दल — १८
८) भरतराज मैनाली — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १२२६
९) सन्तोष ढुङ्गेल — नेपाली कांग्रेस — १,८८२ विजयी
१०) सुजन शाही (खड्गी) — राष्ट्रिय प्रजातन्त्र दिवस — २६०
११) हरिबहादुर श्रेष्ठ — नेपाली जनता दल — १२
महिला सदस्य
१) अम्बिका पाठक (उप्रेती) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १४४५
२) जयन्तीदेवी श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — २८३
३) पिया खत्री (मानन्धर) — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ८५
४) रुद्रकुमारी कार्की रायमाझी — नेपाल कम्यु निष्ट पार्टी (माओवादी केन्द्र) — १३९
५) रेनु श्रेष्ठ — नेपाली कांग्रेस — २,०७५ विजयी
६) सरिता महर्जन — नेपाली जनता दल — १०
दलित महिला सदस्य
१) मन्सासिंह परियार — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २१०
२) रोमी पुजारी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १,४१८
३) विष्णु नेपाली — नेपाली जनता दल — २०
४) संगीता पुजारी — नेपाली कांग्रेस — १,९७७ विजयी