वडा ६ को अध्यक्षमा लामा निर्वाचित : ११ वटा वडाको परिणाम सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरको वडा ६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भुवन लामा निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सम्बन्धी जानकारी दिएको हो । विजयी लामाले ३ हजार ८७६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामाले २ हजार ७३२ मत पाउनुभएको छ ।
३ हजार ८५० मत ल्याएर गायत्री पुडासैनी महिला सदस्यमा, ३ हजार ७४५ मत ल्याएर लीला विशुङ्खे दलित महिला सदस्यमा ३ हजार ७१४ मत ल्याएर नरेन्द्रकुमार थापा र ३ हजार ४३३ मत ल्याएर देवसुन्दर बज्राचार्य सदस्य पदमा विजयी हुनुभएको छ ।
वडा अध्यक्ष पदका लागि ५ जना महिला सदस्य र दलित महिला सदस्य पदका लागि ४÷४ जना तथा सदस्य पदका लागि ८ जना गरी २१ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा ६ बौद्ध
अध्यक्ष
१) कृष्णप्रसाद रिमाल — स्वतन्त्र — २३९
२) ज्ञानेन्द्र लामा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४२७
३) बसन्त लामा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २,७३२
४) भुवन लामा — नेपाली कांग्रेस — ३,८७६ विजयी
५) लक्ष्मी श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ६१९
सदस्य
१) किरणकुमार लामा — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ५५७
२) देवसुन्दर बज्राचार्य — नेपाली कांग्रेस — ३४३३ विजयी
३) नरेन्द्रकुमार थापा — नेपाली कांग्रेस — ३७१४ विजयी
४) पेम्बा लामा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४७७
५) रघुनाथ भण्डारी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ७६७
६) रतन लामा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४१४
७) राजकुमार लामा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २४०५
८) हरिबोल बोगटी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २४०१
महिला सदस्य
१) गायत्री पुडासैनी — नेपाली कांग्रेस — ३८५० विजयी
२) रजनी लामा — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ५२२
३) रोशनीसिंह डंगोल (चौलागाईँ) — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४६४
४) सीता श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २५१०
दलित महिला सदस्य
१) अञ्जु सुनार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २५३५
२) रमिता विश्वकर्मा — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ३३९
३) लीला विसुन्के — नेपाली कांग्रेस — ३७४५ विजयी
४) सुजिता मिजार — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४८२