वडा ८ को अध्यक्षमा संगत निर्वाचित : वडा ३१ को गणना सकिने क्रममा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ को मत परिणाम सार्वजनिक भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले परिणाम सार्वजनिक गरेको हो । यस वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आशामान संगत निर्वाचत हुनुभयो । उहाँले १ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेशकुमार कुइँकेलले ७३८ मत प्राप्त गर्नुभयो ।
१ हजार ५०७ मत प्राप्त गर्ने सरस्वती राजभण्डारी महिला सदस्य पदमा, १ हजार ५६१ मत प्राप्त गर्ने राजलक्ष्मी भुषाल दलित महिला सदस्य पदमा, १ हजार ५०५ मत प्राप्त गर्ने शेखर देउला र १ हजार ४७० मत प्राप्त गर्ने सलोनी ओडारी सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि वडामा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमध्ये वडाध्यक्ष पदका लागि ८ जना, महिला सदस्य पदका लागि ४ जना दलित महिला सदस्य पदका लागि ३ जना र सदस्य पदका लागि ७ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो ।
वडा ८, जयबागेश्वरी
अध्यक्ष
१) अञ्जन पन्त — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २१
२) आशामान संगत — नेपाली कांग्रेस — १५५७
३) उमेशकुमार कुइँकेल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७३८
४) न्हुछे डंगोल — जनता समाजवादी पार्टी, नेपाल — ३१७
५) रमेशकुमार सिंह — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २३
६) सुमनकुमार वैद्य — स्वतन्त्र — २४६
७) सुवर्ण वैद्य — राष्ट्रिय प्रजातन्त्र पार्टी — २२७
८) हंसराज कर्माचार्य — स्वतन्त्र — ९
सदस्य
१) अमन संगत — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९८०
२) निरज महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — १९३
३) मनिष खनाल — राष्ट्रिय प्रजातन्त्र पार्टी — २०४
४) राजेशमान श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ७६
५) रोहित देउला — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ८६३
६) शेखर देउला — नेपाली कांग्रेस — १५०५
७) सलोनी ओडारी — नेपाली कांग्रेस — १४७०
महिला सदस्य
१) अनामिका श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — २५७
२) भगवती श्रेष्ठ (भण्डारी) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १०३१
३) मीनुकुमारी मानन्धर — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ४६
४) सरस्वती राजभण्डारी — नेपाली कांग्रेस — १५०७
दलित महिला सदस्य
१) कल्पना नेपाली — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९४५
२) राजलक्ष्मी भुषाल — नेपाली कांग्रेस — १५६१
३) रीप्पा पोडेनी — राष्ट्रिय प्रजातन्त्र पार्टी — २४७