वडा २७ को अध्यक्षमा खड्गी निर्वाचित : दलित महिला सदस्य निर्विरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा २७ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट खड्गी १ हजार ५४१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चिनियाँमान बज्राचार्यले १ हजार ३०३ मत प्राप्त गर्नुभयो ।
वडाको महिला सदस्य पदमा १ हजार ४९८ मत प्राप्त गरेर नेपाली कांग्रेसकी उम्मेदवार सृष्टि कंसाकार निर्वाचित हुनुभयो । दलित महिला सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार प्रभा परियार निर्विरोध निर्वाचित हुनुभयो ।
वडा सदस्य पदमा दिनेश श्रेष्ठ र धर्म प्रजापती निर्वाचित हुनुभयो । नेपाली कांग्रेसका उम्मेदवार उहाँहरुले क्रमशः १ हजारस ४३५ र १ हजार ३०१ मत प्राप्त गर्नुभएको छ ।
वडाको अध्यक्ष पदका लागि ५ जना, महिला सदस्य पदका लागि ४ जना, दलित महिला सदस्य पदका लागि १ जना र सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा २७, महावौद्ध
अध्यक्ष
१) उदयबहादुर श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — ७४
२) चिनियाँमान बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १३०३
३) नविन प्रधान — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ११३
४) योगेशकुमार खड्गी — नेपाली कांग्रेस — १५४१ विजयी
५) सुजित स्थापित — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ५३
महिला सदस्य
१) उर्मिला महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ११७६
२) नारायणदेवी श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १३३
३) विमला तुलाधर — राष्ट्रिय प्रजातन्त्र पार्टी — १३१
४) श्रृष्टि कंसाकार — नेपाली कांग्रेस — १४९८ विजयी
दलित महिला सदस्य
१) प्रभा परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्विरोध निर्वाचित
सदस्य
१) आनन्द राजभण्डारी — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २३५
२) दिनेश श्रेष्ठ — नेपाली कांग्रेस — १४३५ विजयी
३) धर्म प्रजापती — नेपाली कांग्रेस — १३०१ विजयी
४) वीजेन्द्र बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १७५
५) रविना कपाली — राष्ट्रिय प्रजातन्त्र पार्टी — ११४
६) राधाकुमारी मैनाली (प्रधान) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ८७८
७) विक्रमकाजी ताम्राकार — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २५६
८) श्यामकृष्ण श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १३१
९) सविना राजभण्डारी — राष्ट्रिय प्रजातन्त्र पार्टी — १०९
१०) सुनिलरत्न ताम्राकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९९०