वडा ३१ को अध्यक्षमा ढकाल निर्वाचित : १३ वटा वडाको परिणाम सार्वजनिक
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा ३१ को मत परिणाम सार्वजनिक भएको छ । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले परिणाम घोषणा गर्नुभएको हो ।
वडाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार सरोज ढकाल निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रविन्द्रविक्रम राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभयो ।
ढकाल यसअघि वडा सदस्य र न्यायिक समितिको सदस्य पनि हुनुहुन्थ्यो ।
ढकालसँगै महिला सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार अप्सरा सञ्जेल, दलित महिला सदस्य पदमा नेकपा एमालेकी सान्नानी मिजार, सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार अशोक के. सी. खत्री र नेकपा एमालेकी उम्मेदवार हुमादेवी आचार्य निर्वाचित हुनुभयो ।
सञ्जेलले ३ हजार ७६०, मिजारले ३ हजार ७३६, के. सी. खत्रीले ३ हजार ६३४ र आचार्यले ३ हजार ६१० मत प्राप्त गर्नुभएको छ ।
वडामा ३ जना स्वतन्त्रसहित ११ जना अध्यक्ष, ५ जना महिला सदस्य, ५ जना दलित महिला सदस्य र १० जना सदस्य गरी ३१ जना प्रत्याशी हुनुहुन्थ्यो ।
वडा ३१, भीमसेनगोला
अध्यक्ष
१) गंगालाल चौलागाईँ — स्वतन्त्र — २
२) मनिष ढकाल — स्वतन्त्र ७४
३) रविन्द्रविक्रम राणा — नेपाली कांग्रेस — २९९१
४) राजेश जोशी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ६४६
५) लालबहादुर बुढाथोकी — जनता समाजबादी पार्टी, नेपाल — २७
६) बिमल कटुवाल — स्वतन्त्र — १
७) विष्णुप्रसाद अधिकारी — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५८५
८) शशी नायजू — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल — १४
९) शान्ता गिरी — विवेकशील साझा पार्टी — ७९
१०) सपना घिमिरे — नेपाली कांग्रेस (वि. पी.) — १२
११) सरोज ढकाल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ४७६७ विजयी
महिला सदस्य
१) अप्सरा सञ्जेल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३७६० विजयी
२) देवी सुवेदी — नेपाली कांग्रेस — ३६२५
३) देवी थापा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ७६७
४) रुपा महत (ढुङ्गाना) — विवेकशील साझा पार्टी — १३८
५) विष्णुमाया श्रेष्ठ प्रधान — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३९९
दलित महिला सदस्य
१) विनिता मिजार — राष्ट्रिय प्रजातन्त्र पार्टी — ७७९
२) शुभमाया कपाली (परियार) — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १२०
३) सम्झना अछामी — नेपाली कांग्रेस — ३६१६
४) सान्नानी मिजार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३७३६ विजयी
५) शुभद्रा नेपाली — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३८७
सदस्य
१) अशोक के. सी. खत्री — नेपाली कांग्रेस — ३६३४ विजयी
२) कुमार राई — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३९८
३) माधव घिमिरे — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६९५
४) रमेश सत्याल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३५९१
५) राजेश गुरुङ् — नेपाली कांग्रेस — ३४७८
६) लक्ष्मण मिजार — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६६१
७) लक्ष्मी श्रेष्ठ — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल — ८
८) वसन्तकुमार श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी, (माओवादी केन्द्र) — ४७१
९) शशीकला पराजुली — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १२८
१०) हुमादेवी आचार्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ३६१० विजयी