वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीमा ज्ञानको दायरा बढेको छ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढेको बताउनुभएको छ । आज बालुवाटारमा रहेको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा पुस्तकविहिन शुक्रबार कार्यक्रमका क्रियाकलापको निरीक्षण अवलोकनका क्रममा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
निरीक्षणका क्रममा उहाँले विद्यार्थीहरुसँग कुराकानी गर्दै यस अघि सिकेका सिप र विद्यार्थीहरुको वुझाइका बारेमा जानकारी लिनुभएको थियो । सिपमा शिक्षा कार्यक्रमअन्तर्गत प्लम्बिङ्को ९० घण्टे तालिम पूरा गरेका विद्यार्थीलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘घरमा विग्रिएका धाराको मर्मत गर्नुभएको छ त?’ उत्तरमा विद्यार्थीहरुले, निर्माण भइरहेको नयाँ भवन देख्दा त्यसको प्लम्बिङ्को काम आफैँ गर्न सक्ने महसुस हुन थालेको प्रतिक्रिया दिए । यो सुनेपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘हामीले शिक्षामा सिप कार्यक्रमबाट अपेक्षा गरेको नतिजा यस्तै हो । यो एउटा विधाको कुरा भयो, अन्य विधामा विद्यार्थीहरुको आत्मविश्वाश बढ््यो भने विद्यार्थीहरुले माध्यमिक तहको शिक्षा पूरा गरेपछि आफूलाई उद्यमशीलताका लागि योग्य भएको महसुस गर्नेछन् । शिक्षाको गुणात्मक सुधार यही कार्यक्रमबाट प्राप्त हुनेछ ।’
‘बालबालिकाहरुसँग कुराकानी गर्दा उनीहरुले मनमा लागेको कुरा निर्धक्क र स्पष्ट सुनाए । विद्यार्थीहरुमा आएको यो आत्मविश्वाश नै हामीले चाहेको नतिजा हो ।’ उहाँले अपेक्षित नतिजाका विषयमा स्पष्ट पार्नुभयो ।
उपप्रमुखसँग वडाध्यक्ष दिनेश महर्जन, शिक्षा अधिकारी सीताराम कोइराला निरीक्षणमा सहभागी हुनुहुन्थ्यो । निरीक्षण टोली विद्यालयमा पुग्दा विद्यार्थीहरु नृत्य, चित्रकला, पाक कलालगायतका क्रियाकलापमा व्यस्त थिए । विद्यालयको कम्प्युटर ल्यावमा जुृनियर विद्यार्थीहरु बाल कथामा आधारित चलचित्र हेरिरहेका थिए । सभा कक्षमा सिनियर कक्षाका विद्यार्थीहरु नेपालको राजनीतिक पृष्ठभूमिमा निर्माण भएको चलचित्र सेतो बाघ हेरिरहेका थिए ।
उपप्रमुख कक्षामा पुगेपछि विद्यार्थीहरु खुशी प्रकट गरेका थिए । उनीहरुले उपप्रमुखसँग दोहोरो संवाद गर्दै, स्थानीय टोल तथा सार्वजनिक महत्वका ठाउँहरु घुम्न गएको, हाजिरी जवाफलगायत क्रियाकलाप गरेको सुनाए ।
विद्यार्थीहरु व्यवहारिक सिकाइप्रति उत्साहित छन् । विद्यार्थीहरुमा देखिएको यो उत्साह समुदायमा पुृ¥याउन सके स्थानीय बालबालिकालाई फाइदा हुने थियो । निरीक्षणका क्रममा वडाध्यक्ष दिनेश महर्जनले धारणा राख्नुभयो ।
विद्यालयले सिपमा शिक्षा कार्यक्रम अन्तर्गत प्लम्बिङ्को ९० घण्टे तालिम पूरा गरेको छ । शिक्षा अधिकारी कोइरालाका अनुसार ९० घण्टे तालिमको पहिलो चरणमा ८० समूहलाई तालिम दिइसकिएको छ । यसपछि कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौँ ।
विद्यालयका प्रधानाध्यापक देवराज गुरुङ्का अनुसार विद्यालयले गएको एसईई परीक्षामा काठमाडौँ जिल्लाभरिमा सामुदायिक विद्यालयहरुमा नवौँ स्थान हासिल गरेको छ । जिल्ला विकास समन्वय एकाईको तथ्याङ्क उधृत गर्दै उहाँले भन्नुभयो, ‘महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा तेस्रो र प्राविधिक धारका विषय अध्यापन गर्ने महानगरभित्रका सामुदायिक विद्यालयमा पहिलो स्थान हासिल गर्ने विद्यालय हो ।’
विद्यालयले ७ सय जना विद्यार्थी अध्यापन गराउने क्षमता राख्छ । अहिले ५५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा गागलफेदी, सुन्दरीजल, कलंकीलगायत टाढा टाढा ठाउँबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापकले यस विषयमा जानकारी गराएपछि उपप्रमुख डंगोलले, स्थानीयबासीलाई विद्यालयमा विद्यार्थी पढाउन प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App