वि.सं.: २०८२, मंसिर २७ शनिबार
इ.स.: 2025 December 13,SATURDAY
वि.सं.: २०८२, मंसिर २७ शनिबार
बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ । यो, जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो । यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमूना परीक्षणका लागि राख्ने योजना बनेको हो ।
बबरमहललाई दुर्घटनाबाट बचाउने प्रणाली चाहिएको थियो । आज प्राप्त भयो । प्रणाली शुभारम्भ अवसरमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको छ ।’
महानगरपालिकाका सडक सुरक्षा बिज्ञ प्रशान्त खरेलका अनुसार, सडकको चौडाइ धेरै भएकोले बबरमहलमा ४ वटा पोल राखिएका छन् । ‘पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ । यसलाई ४० सेकेण्ड बनाउने हो कि भन्ने छलफल भइरहेको छ ।’ खरेल भन्नुहुन्छ, ‘पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । अर्थात्, २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ ।’ ’
यसबाट प्राप्त नतिजाका आधारका महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना छ । खरेल भन्नुहुन्छ, ‘यसका २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकाहरुलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् ।’ प्रणाली जडानका लागि वडाहरुबाट पनि माग आउन थालेको खरेलको भनाइ छ ।
बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । २ वटा मात्र पोल राख्ने हो भने ५ लाख ४० हजार रुपैयाँ लागत आउँछ । खरेलको भनाइ छ । बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट विजुलीको आपूर्ति गरिएको छ ।
यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App