वि.सं.: २०८३, असर ६ शनिबार
इ.स.: 2026 June 20,SATURDAY
वि.सं.: २०८३, असर ६ शनिबार
सामुदायिक कुकुरमा डिस्टेम्पर रोगको संक्रमण : टोलमा देखिए खवर गर्न आग्रह
काठमाडौँ । केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाडौँ महानगरपालिका पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभएको छ । समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको उहाँको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ । कुकुरबाट मान्छेमा भने सर्दैन ।
यो कुकुरहरुका लागि प्राणघातक रोग हो । लक्षण देखिएपछि रोकथामका कार्यक्रम थालेका छौँ । डा. झा भन्नुहुन्छ, ‘रोग लागेका कुकुरहरुलाई ज्वरो आउँछ । खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । खोक्ने, बान्ता गर्ने, दिशा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडवडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यो रोगका मुख्य लक्षण हुन् ।’
रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ ।
सामुदायिक कुकुरमा यस्ता समस्या देखिए, महानगरपालिकाको निःशुल्क टेलिफोन नं. नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ ।
कुकुरबाट कुकुरमा सर्ने भएकोले रोग फैलिएका ठाउँमा घर पालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले अनुरोध गरेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App