वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
योजना अनुगमन जानु पूर्वका तयारी पूरा गर्न उपप्रमुख डंगोलको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन तथा मुल्याङ्कन समितिकी संयोजक सुनिता डंगोलले, योजना अनुगमन गर्नु अघिका सबै प्रक्रिया पूरा गर्न आग्रह गर्नुभएको छ । आज उहाँकै कार्यकक्षमा बसेको समितिको बैठकमा उहाँले भन्नुभयो, ‘योजनाको लागत अनुमान, ड्रइङ् डिजाइन, सार्वजनिक खरिद प्रक्रियामा जाँदाका सर्त, निर्माण पक्षसँग गरिएको सम्झौताका बुँदासँग सम्बन्धित प्रगतिका प्रारम्भिक सूचनासहितको प्रतिवेदन तयार पार्नु । यसका आधारमा प्राविधिक लिएर अनुगमन थालौँ ।’
‘योजना सम्पन्न भएपछि गरिने अनुगमनभन्दा काम भइरहेकै बेला गरिएको अनुगमन प्रभावकारी हुन्छ । यसबेलाको अनुगमनमा सामान्य त्रुटि भेटिए सच्याउने अवसर हुन्छ । गम्भीर त्रुटि भेटिए योजना रोकेर थप विग्रिनबाट बचाउन सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘योजना निर्माण सम्पन्न भएपछि कतिपय प्राविधिक कुरा परीक्षण गर्न नसकिने हुन सक्छ । प्राविधिक त्रुटि भेटिए यसलाई सच्याउन सकिँदैन । यसबाट अर्को समस्या सिर्जना हुन्छ । यसकारण समस्या उत्पन्न नहुने प्रक्रिया अबलम्बन गरौँ । योजना सम्पन्न पछि (पोष्ट प्रोजेक्ट चेक लिष्ट) का सूचक बोकेर होइन, निर्माण कार्य हुँदै गर्दा (ड््युरिङ् प्रोजेक्ट चेक लिष्ट) का आधारमा अनुगमन गरौँ ।’
बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघ तथा प्रदेश सरकारले तर्जुमा गरेका योजना अनुगमनका सूचकलाई आधार मानेर महानगर आफैँले पनि सूचक बनाउनु पर्ने बताउनुभयो । यस्तै सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, भौतिक पूर्वाधार निर्माण सम्बन्धी योजना तयार पार्दा नै निर्माण सामग्रीको गुणस्तर, मात्रा, निर्माण शैलीजस्ता पक्षको तोकेर मापदण्ड बनाउने कामबाट अनुगमन जोडिने बताउनुभयो । नयाँ योजना तयारीमा ध्यान दिएर पुराना योजनाको अनुगमन गर्नुपर्ने उहाँको सुझाव छ ।
पूर्वाधार निर्माणअन्तर्गत पैदल मार्ग निर्माण तथा स्तरोन्नति, पार्क निर्माण, सडक कालोपत्रे गर्ने, स्तरोन्नति गर्ने, भवन निर्माण कार्य भइरहेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App