वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
क्रिकेट खेलको विकासका लागि प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौँ । आजदेखि काठमाडौँमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सामुदायिक विद्यालयको माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिहरुलाई प्रशिक्षणमा सहभागी गराइएको छ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट एशोसिएसनसँग सम्झौता गरेर प्रशिक्षण थालेको हो । यसका लागि गएको भदौ २९ गते सम्झौता भएको थियो ।
प्रशिक्षण शुन्य (०) लेवलको हो । यसमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिएर उहाँहरूमार्फत सहरका इच्छुक क्रिकेट खेलाडीलाई खेलका विषयमा ज्ञान दिनु र खेल्ने सिप सिकाउने वातावरण बनाउनु प्रशिक्षणबाट अपेक्षा गरिएको नतिजा हो ।
प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित पाकिस्तान एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, एम्पायर, व्याटिङ्, बलिङ्, विकेट किपिङ्का बारेमा ज्ञान दिइनेछ ।
उहाँहरुलाई राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक (लेभल ३) राजु बस्नेत, लेभल २ का प्रशिक्षकहरु कलाम अलि, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, एम्पायर बिनय झालगायत प्रशिक्षकले प्रशिक्षण दिनुहुनेछ ।
प्रशिक्षणसँगै एशोसिएसनले वडाहरूमा क्रिकेट नेट राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम ३ महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरपालिकाले १० लाख रूपैयाँ उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी कार्य प्रगतिका आधारमा दिइनेछ ।
अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय—समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App