वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
काष्ठमण्डप परिसरमा सौन्दर्यात्मक कामको थालनी
काठमाडौँ । बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रमा सौन्दर्यात्मक कार्यक्रम थालनी गरिएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट््याण्डमा फूलसहितका गमला राखेको छ । २९ औँ महानगर दिवसको अवसरमा पारेर फूल राख्न आयोजना गरिएको कार्यक्रममा वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्यहरु, शार्दुलजंग गुल्मका गुल्मपति पूर्ण प्रजापती र स्थानीयबासी सहभागी हुनुभएको थियो ।
वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर भन्नुहुन्छ, ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ । यो असर रोक्ने अभिप्रायले काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधन भित्र प्रवेश नगरुन् भनेर एक अर्कालाई फलामे साङ्लाले जोडिएको छ ।’
परिसरमा १२ वटा फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् । दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको हो । गुल्मपति प्रजापती भन्नुहुन्छ, ‘महानगरपालिकासँग मिलेर स्थानीय सरोकारका क्षेत्रमा काम गर्न पाएका छौँ । हाम्रा लागि यो महत्वपूर्ण काम हो ।’
यो कामलाई बसन्तपुर क्षेत्रभरि विस्तार गर्ने योजनामा काम भइरहेको छ । दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो । यसपछि मरु क्षेत्रमा फूल राख्ने कार्यक्रम छ, उहाँले जानकारी दिनुभयो ।
यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएका छन् । स्थानीय गणपतिलाल श्रेष्ठ भन्नुहुन्छ, ‘सबैले दायित्व लिन सके रोपिएका फूलहरुले सौन्दर्य दिइरहने छन् ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App