वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
‘पुस्तकरहित शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक संघसंस्थालाई सूचीकृत हुन आव्हान
काठमाडौँ । ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक ÷ प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । इच्छुकहरुलाई पुस ११ गतेभित्र सूचीकृत हुन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अनुरोध गरेको छ । कक्षा ९ र १० मा गएको शुक्रबारदेखि ‘शिक्षामा सिप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ । यसका लागि विद्यालयहरुले तालिम प्रदायक संघसंस्थाहरुलाई सूचीकृत गरेर सेवा लिन थालेका हुन् ।
‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ गएको बर्षदेखि निरन्तर चलिरहेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘यसरी सञ्चालन हुने कार्यक्रमका लागि हामीले छुट्टै बजेटको व्यवस्था गरेका छौँ । यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयहरुले आफैँ कार्यक्रम सञ्चालन गर्नेछन् ।’
सूचीकृत हुनेले चालु आर्थिक बर्षका अन्त्यसम्म विदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार ६ घण्टाका कक्षा हुनेछन् ।
विद्यालय, विद्यार्थीको संख्या, उपसमूह सम्बन्धी जानकारीका लागि तालिका हेर्नोस् ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘पाठ््यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावकले आफूले तालिम सञ्चालन गर्न चाहेको विद्यालय सूचीकृत हुन सक्नेछन् ।’
कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरु गठन गरिसकिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका सञ्चालन भएका र रात्रीकालीन विद्यालय बाहेक ८१ वटा विद्यालयमा समूह गठन गरिसकिएको हो ।
शुक्रवारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण (वावा) र विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् । अन्य विषय विद्यार्थीको संख्यालगायत सूचकका आधारमा सञ्चालन गर्न सकिनेछ ।
उपमूहहरु
१) बालबालिका तथा वातावरण (वावा), २) विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टिम), ३) म्युरल (भित्ते चित्र), ४) संस्कृति र सम्पदा, ५) ट्राफिक व्यवस्थापन, ६) विपद ब्यबस्थापन, ७) नाट््य समूह, ८) व्यक्तित्व बिकास, ९) उद्यमशीलता सोच, १०) पठन संस्कार, ११) योग, १२) संगीत तथा नृत्य, १३) ड्रोन, १४) एनिमेसन र गेमिफिकेशन र १५) कोड
विद्यार्थीहरुको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय तथा उपसमूह निर्धारण गरिएका हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App