वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
सामुदायिक विद्यालयमा बालमैत्री शौचालय र नरम खालका फर्निचर
पुस २२, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नं. २२ नयाँ सडक सधै व्यापारिक क्रियाकलापमा व्यस्त हुन्छ । नयाँ सडकको गेटबाट बसन्तपुरतर्फ लाग्दा करिब १ सय मिटरको दुरी दायाँतर्फ हिमालय सेकेण्डरी स्कूल छ । यो २०१७ सालमा स्थापना भएको हो ।
अहिले यस विद्यालयको प्रारम्भिक बाल विकासका कक्षामा ११६ जना विद्यार्थी छन् । आउँदो सरस्वती पूजाका भर्ना गर्नका लागि ३५ जनाले ठाउँ मागेका छन् । यो बढ्दो संख्यालाई कसरी धान्ने योजना बनाउँदैछु । विद्यालयकी सहायक प्रधानाध्यापक मीरा श्रेष्ठले विद्यार्थी चापका विषयमा कुरा गर्दै भन्नुभयो, ‘यी कक्षामा पढ्ने बालबालिका शनिवार पनि स्कूल आउन घरमा जिद्दी गर्न थालेका छन् ।’
विद्यालयका भित्तामा बालबालिकालाई मन पर्ने चित्र कोरिएका छन् । कक्षा कोठाभरि खेलौना राखिएका छन् । यसले बालबालिकालाई घरमा भन्दा विद्यालयमा रमाइलो लाग्न थालेको छ । श्रेष्ठको भनाइ छ ।
यता गणवहालमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा पनि यस समूहका बालबालिकाको भर्ना चाप बढ्दो क्रममा छ । प्रधानाध्यापक करुणा प्रधानले प्रारम्भिक बाल विकास कक्षामा ५८ जना विद्यार्थी रहेको जानकारी दिनुभयो । विद्यालयमा अहिले करिब ४ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालय वि. सं. २००७ सालमा स्थापना गरिएको हो ।
यी दुवै विद्यालयमा बालमैत्री पूर्वाधार तयार पार्न वडा नं. २२ ले करिव ३० लाख रुपैयाँ खर्च गरेको छ । यसबाट शौचालयहरुलाई बालमैत्री बनाइएको छ । युरिनल, फ्लसरको उचाइ घटाइएको छ । हात धुने ठाउँ बालबालिकाले भेट्ने बनाइएको छ । नरम र धार नभएका फर्निचर राखिएको छ । यसबाट फर्निचरमा विद्यार्थी ठोक्किँदा चोट लाग्ने खतरा घटेको छ । भित्तामा टेलिभिजन राखिएको छ । कोठामा राखिएका ¥याकमा चित्र र कथा भएका किताब छन् । बस्नका लागि चकटीहरु राखिएका छन् । सामुदायिक विद्यालयमा गरिएको लगानीका बारेमा वडाध्यक्ष तथा स्वास्थ्य एवं शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘प्रारम्भिक बाल विकास कक्षामा विद्यार्थीहरुमा विद्यालयप्रतिको आकर्षण बढ््यो भने ‘ड्रप आउट’को समस्या हुँदैन । हामी यसका लागि काम गरिरहेका छौँ ।’ महर्जनले थप्दै भन्नुभयो, ‘हामी सामुदायिक विद्यालयमा निजी विद्यालयहरुको भन्दा धेरै सुविधा र गुणस्तरीय शिक्षण विधि कार्यान्वयन गर्दैछौँ । यसबाट गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्नेछ ।’
बालमैत्री पूर्वाधारसँगै यी कक्षाहरुमा अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासमा हाम्रो ध्यान छ । माथिल्लो कक्षाका शिक्षकमाभन्दा यी कक्षाका शिक्षकमा सिकाइ सिप धेरै चाहिन्छ । महर्जनले शिक्षकहरुलाई तालिम दिएर शिक्षण सिकाइलाई बालमैत्री र प्रविधिमैत्री बनाउँदै लाने योजना सुनाउनुभयो ।
विद्यालयहरुको शैक्षिक क्रियाकलापका बारेमा कार्यपालिका सदस्य ललिता खड्गी भन्नुहुन्छ, ‘छोटो अवधिमा विद्यार्थीहरुको चाप धेरै बढेको छ । यसलाई कायम राख्न शैक्षिक गुणस्तर बढाउने क्रियाकलाप थप्नु पर्ने देखिएको छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App