वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
मंसिर मसान्तसम्ममा १ लाख १९ हजार करदाताले कर बुझाए
पुस २४, काठमाडौँ ।
मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका, १ लाख १९ हजार ४५९ जना करदाताले कर तिर्नुभएको छ । यसरी तिरिएको करबाट २ अर्व ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता हुनुहुन्छ । यस बर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० हो । गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ । सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गर्नुभएको हो ।
गएको बर्ष (आ. व. २०७९÷०८०) मा ३ लाख २४ हजार १२० जना करदाता हुनुहुन्थ्यो । उहाँहरुमध्ये आर्थिक बर्षभरिमा १ लाख ९१ हजार ८८६ जनाले कर तिर्नुभयो । १ लाख ३२ हजार २३४ कर नतिर्ने करदाताको संख्या हो ।
सोमबार ३ करोड ९४ लाख ५१ हजार राजस्व संकलन भयो । चालु आर्थिक बर्षको यस अवधिमा आन्तरिक आय, वाँडफाँडबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्व ५१ करोड ५२ लाख ८१ हजार ९४७ रुपैयाँ जम्मा भएको छ । यो लक्ष्यको ४१.७८ प्रतिशत हो ।
समितिमा पेश भएको विवरण सुनेपछि समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पुस मसान्तभित्र दिइएको छुटका बारेमा करदातालाई जानकारी दिएर सुविधामा पहुँच पु¥याउन विभागलाई आग्रह गर्नुभयो । ‘परिचय पाटीको आकार प्रकार र त्यसमा लगाइने शुल्कका विषयमा समय समयमा प्रश्न उठ्ने गरेको छन् । यी सवालहरु किन आएरहेका हुन्, साझेदारको भनाइ के छ, छलफल गरेर सुझाव लिनू ।’ डंगोलले विभागलाई जिम्मेवारी दिनुभयो ।
बैठकमा बहाल कर संकलनका विषयमा छलफल गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट पालिकाले मात्र यो कर उठाउन पाउने विषयमा भएको निर्णय कार्यान्वयनका लागि पुनः पत्राचार गर्न शिफारिस गर्ने निर्णय भएको छ । यस अघि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसंख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ को व्यवस्थाबमोजिम बहाल कर संकलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै संघ सरकारबाट संकलन हुँदै गरेको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने प्रबन्धका लागि पत्राचार गर्नुभएको थियो । यसपछि आयोगले गएको असार १८ गते यस विषयमा निर्णय गर्दै करदातालाई दोहोरो कर नपर्ने गरी स्थानीय सरकारबाट मात्र संकलन हुने प्रबन्धका लागि अर्थ मन्त्रालयमार्फत लेखी पठाउने भनेको थियो । बहाल कर सम्बन्धी यस व्यवस्था कार्यान्वयनका सम्बन्धमा सरकारबाट कुनै पनि जानकारी नआएकोले ध्यानाकर्षणका लागि पुनः पत्राचार गर्ने निर्णय भएको हो ।
बैठकमा आगामी बर्षको आय प्रक्षेपण लगायत विषयमा छलफल भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App