Logo

भोलिदेखि न्यूरोड क्षेत्रको कालो पत्रे सडकमा सवारी पार्किङ् निषेध गर्ने तयारी : विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्

भोलिदेखि न्यूरोड क्षेत्रको कालो पत्रे सडकमा सवारी पार्किङ् निषेध गर्ने तयारी

माघ ८, २०८०
काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । 

तयारीका विषयमा जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘भोलिदेखि पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’ उहाँकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ । 

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ ।  

 

  • प्रकाशित मिति: सोमबार ८ माघ २०८० १९:१०