वि.सं.: २०८३, वैशाख १७ बिहीबार
इ.स.: 2026 April 30,THRUSDAY
वि.सं.: २०८३, वैशाख १७ बिहीबार
बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न पत्राचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो ।
प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । ‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ । यस अवधिमा कर तिर्नु भएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ ।’ काफ्लेले भन्नुभयो, ‘यसमा आपतकालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकी सरह असुल गर्नेसम्मका व्यवस्था छन् ।’
पत्राचार गरिएका क्लब, दोहोरी तथा बारहरु
जे. पी. रोडको रिफ्रेस डान्सबार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आर. के. डान्स बार, फायर चोककोकारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनि वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लव, बेबो डान्स बार, टाकिला डान्स बार, क्वीनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिड नाईट डान्स बार, ज्याठाको चाहाना डान्स बार, अमृत मार्गको ड्रागन डान्स बार छन् । यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, कराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ् याक बार, वियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बार छन् ।
गल्कोपाखाका गुन्यू चोली दोहोरी, अल्फबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार, एच ट्वान्टी बार क्लब छन् ।
यी मनोरञ्जन स्थलमा प्रवेश गर्ने प्रति टिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्छ । राजस्व अधिकृत सोना शर्मा भन्नुहुन्छ, टिकट नलाग्ने ठाउँमा कसरी कर लिने हामीले प्रदेश सरकारलाई सोधेका छौँ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App