वि.सं.: २०८३, असर १५ सोमबार
इ.स.: 2026 June 29,MONDAY
वि.सं.: २०८३, असर १५ सोमबार
ग्वलः अर्केष्ट्रामा ८ वटा खलः पुचका १४ समूहबाट १५० कलाकारको प्रस्तुति हुने
काठमाडौँ । आउँदो शनिवार (फागुन ५ गते शनिवार) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा प्रस्तुति गर्न लागिएको हो । कार्यक्रम आयोजना हुने मन्दिर परिसरमा आज पत्रकार भेटघाट गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले यस सम्बन्धमा जानकारी दिनुभएको हो । अर्केष्ट्रा प्रस्तुतिमा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहको प्रस्तुति हुनेछ ।
परम्परागत बाजागाजाका बाद्य शैलीमा युवा पुस्तालाई सहभागी गराउने, संरक्षण र प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका बारेमा जानकारी दिँदै संगतले भन्नुभयो, ‘मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन गर्ने दायित्व पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेका हौँ । यसरी बजाइने बाजाहरु स्थानीय जात्रा, पर्व, धार्मिक तथा सामाजिक स्थल तथा क्रियाकलापसँग सम्बन्धित हुनेछन् । यसकारण बाजागाजा तथा बाद्यशैली मनोरञ्जनका लागि मात्र नभइ सामाजिक व्यवस्थासँग पनि जोडेर हेर्नु पर्छ । कार्यक्रम त्यसको प्रवर्धनका लागि हो । यस क्षेत्रसँग सम्बन्धित मूर्त अमूर्त जात्रा पर्व, संस्कार संस्कृति र परम्परालाई एउटै थलोमा देखाउन हामी पशुपति महोत्सवको तयारी गर्दैछौँ ।’’
गएको १ महिनादेखि बाद्यबादनको अभ्यास गरिँदैछ ।
यसरी बजाइने ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । अर्केष्ट्रा बादन यिनै सम्पदासँग सम्बन्धित छन् । संगतले भन्नुभयो, ‘यसकारण पनि बाद्य प्रस्तुतिको महत्व छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App